नेपालले पपुवान्युगिनिलाई ६ विकेटले हराएयो

आईसीसी ट्वान्टी ट्वान्टी विश्वकप छनौट क्रिकेट प्रतियोगिताको अन्तिम खेलमा नेपालले पपुवान्युगिनिलाई ६ विकेटले हराएको छ ।

युएईको आईसीसी ग्लोबल क्रिकेट एकेडेमीमा पपुवान्युगिनिले दिएको १ सय ३० रनको चुनौती नेपालले खेलमा एक बल बाँकी छँदा ४ विकेट गुमाएर पुरा ग-यो । नेपालको जीतमा कप्तान पारस खड्काले अविजीत ६२ तथा पृथु बास्कोटाले अविजीत २६ रनको योगदान दिए ।

आजको जीतसागै नेपालले जारी प्रतियोगितामा सातौं स्थान पक्का गरेको छ । समुह चरणमा भने नेपाल पपुवान्युगिनिसँगै पराजित भएपछि दोस्रो चरण पुग्ने अवसर गुमाउन बाध्य भएको थियो । प्लेअफको खेलमा उसैलाई हराँउदै नेपालले स्वदेश फर्कनुअघि चिर प्रतिद्धन्दीसँग मिठो बदला लिएको हो ।