मोफसलको प्रतिष्ठित फुटवल प्रतियोगिता बुढासुब्बा टुबोर्ग गोल्डकपको १४ औं संस्करण सुनसरीको धरानमा

बुढासुब्बा गोल्डकप फुटवल प्रतियोगिताको १४ औं संस्करण धरानमा सुरु


मोफसलको प्रतिष्ठित फुटवल प्रतियोगिता बुढासुब्बा टुबोर्ग गोल्डकपको १४ औं संस्करण आजदेखि सुनसरीको धरानमा सुरु भएको छ ।

 

प्रतियोगिताको उद्घाटन खेलमा मनाङ मस्र्याङ्दी क्लव विजयी भएको छ ।

 

मनाङले आयोजक धरान फुटबल क्लवलाई १-० ले पराजित गर्दै पहिलो जित दर्ता गराएको हो । जितसंगै मनाङ मस्र्याङ्दी क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । खेलमा क्लबका तर्फबाट दोस्रो हाफको २९ औं मिनेटमा जाम्बो एनाटोलीले गरेको गोल नै निर्णायक सावित हुनपुग्यो । राष्ट्रिय टिमका व्यवसायिक खेलाडीहरु भएको आयोजक धरान फुटबल क्लबले मनाङलाई दह्रो चुनौति दिन सकेन ।

 

यो सँगै अघिल्लो वर्षको गोल्डकप विजेता मनाङ मस्र्याङ्दीलाई घरेलु भुमिमा पराजित गर्ने दाउमा रहेको धरान फुटबल क्लब निराश बनेको छ । प्रतियोगितामा भुटान, हङकङ, अफ्रिकन युनाइटेड, नेपाल पुलिस क्लब, थ्री स्टार क्लब, हिमालयान शेर्पा, मनाङ मस्र्याङदी र आयोजक धरान फुटबल क्लब गरी आठ टीम सहभागी छन् । पुर्वाञ्चलको सबैभन्दा ठूलो पुरस्कार राशी रहेको प्रतियोगिताको विजेताले तीन लाख नगद पुरस्कार पाउनेछ भने उपविजेताले १ लाख ५० हजार पाउनेछन् ।

 

भोलीको खेल मेघा थ्री स्टार र अफ्रिकन युनाइटेड क्लबबिच हुने छ ।