
पाकिस्थान र अफगानिस्तानको सीमा क्षेत्रमा पाकिस्तानी सुरक्षा फौजले गरेको कारबाहीमा प्रतिबन्धित संगठन ‘तेहरिक–ए–तालिबान पाकिस्थान’ (टीटीपी) का २६ जना आतंकवादी मारिएका छन् । पाकिस्थानका संघीय सूचना तथा प्रसारण मन्त्री अताउल्लाह तरारकाअनुसार बुधवार गरिएको यस सैन्य कारबाहीका क्रममा आतंकवादीहरूको एक तालिम केन्द्र, लुक्ने स्थान र हातहतियारको भण्डार समेत पूर्ण रूपमा ध्वस्त पारिएको छ ।
मारिएका आतंकवादीहरू हालैका दिनमा पाकिस्थानी सुरक्षा बल र कानून कार्यान्वयन गर्ने निकायहरूमाथि भएका विभिन्न हिंस्रक गतिविधिमा संलग्न रहेको सरकारी पक्षले जनाएको छ ।

मन्त्री तरारले पाकिस्थान सधैं क्षेत्रीय शान्ति र स्थिरताको पक्षमा रहेको उल्लेख गर्दै आफ्ना नागरिकको जीउधनको सुरक्षा सरकारको उच्च प्राथमिकतामा रहेको बताउनु भयो । देशबाट आतंकवादको पूर्ण उन्मूलन नभएसम्म सुरक्षा निकायहरूले आफ्नो अभियानलाई तिब्रताका साथ निरन्तरता दिने उहाँले प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।




