काठमाडौं महानगरको नयाँ नीति: भाडामा लगाइएका घर तथा सम्पत्ति अनिवार्य दर्ता गर्नुपर्ने (पूर्ण पाठ) 

महानगरमा भाडामा लगाएको घर अब अनिवार्य दर्ता गर्नुपर्ने 

काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममार्फत महानगरभित्र भाडामा लगाइएका घर, जग्गा, सटर तथा अन्य संरचनाहरू अनिवार्य रूपमा दर्ता गर्नुपर्ने व्यवस्था लागू गर्ने घोषणा गरेको छ।

महानगरपालिकाले घर बहाल प्रणालीलाई औपचारिक, पारदर्शी र व्यवस्थित बनाउन यस्तो नीति अघि सारेको जनाएको छ। यस व्यवस्थाअनुसार घरधनीहरूले भाडामा दिएका सम्पत्तिको विवरण महानगरमा दर्ता गर्नुपर्नेछ। साथै भाडा व्यवसायलाई व्यवस्थित गर्न एकीकृत करदाता परिचय नम्बर (Integrated Taxpayer Identification Number) प्रदान गर्ने व्यवस्था समेत गरिने उल्लेख गरिएको छ।

सार्वजनिक गरिएको नीति तथा कार्यक्रममा महानगरले कर प्रशासनलाई प्रविधिमैत्री बनाउने, राजस्व संकलन प्रणालीलाई थप प्रभावकारी बनाउने तथा अनौपचारिक रूपमा सञ्चालन हुँदै आएका विभिन्न आर्थिक गतिविधिलाई कानुनी दायरामा ल्याउने लक्ष्य लिएको छ।

महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले नीति तथा कार्यक्रम सार्वजनिक गर्दै काठमाडौंलाई ‘मानवीयताको सहर’का रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरिन्। उनले नागरिकमैत्री सेवा विस्तार, सामाजिक सुरक्षा तथा सुशासनलाई प्राथमिकतामा राखिएको बताइन्।

नीति तथा कार्यक्रममा सामाजिक सुरक्षासम्बन्धी महत्वपूर्ण घोषणा पनि गरिएको छ। जसअनुसार ७५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिक तथा पूर्ण अपाङ्गता भएका नगरवासीलाई पोषण भत्ता उपलब्ध गराइने उल्लेख छ।

महानगरको यो नयाँ व्यवस्थाले घर बहाल क्षेत्रलाई व्यवस्थित बनाउनुका साथै कर प्रणालीलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। यद्यपि भाडामा बस्ने र घरधनी दुवै पक्षका लागि यसको कार्यान्वयन प्रक्रिया कस्तो रहनेछ भन्ने विषयमा थप कार्यविधि सार्वजनिक हुन बाँकी रहेको छ।

#KathmanduMetropolitan #HouseRentRegistration #KathmanduNews #LocalGovernment #NepalNews #SunitaDangol #arghakhanchicom #arghakhanchidotcom #arghakhanchicomHD

यस्तो छ पूर्ण पाठ :

images