आजको मौसम: पहाडी क्षेत्रमा वर्षाको सम्भावना, लुम्बिनी र सुदूरपश्चिमका तराईमा तातो दिन हुने

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा पश्चिमी न्यून चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको आंशिक प्रभाव रहेको छ।

आज देशका हिमाली तथा पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका थोरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

कोशी प्रदेशको तराईका केही स्थान तथा मधेश प्रदेशका एक–दुई स्थानमा पनि मेघगर्जनसहित वर्षा हुन सक्ने अनुमान छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा भने आज तातो दिन हुने सम्भावना रहेको छ।

राति पनि कोशी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जनसहित वर्षा जारी रहने सम्भावना रहेको विभागले जनाएको छ।

#WeatherUpdate #NepalWeather #RainAlert #Madhesh #Lumbini #Koshi #arghakhanchicom #arghakhanchidotcom #arghakhanchicomHD