राष्ट्रियसभामा बजेट माथी उठेका प्रश्नको जवाफ अर्थमन्त्रीले दिने

काठमाडौं, १ असार ।  राष्ट्रियसभा बैठक बस्दैँछ ।

संघीय संसद भवन, सिंहदरवारमा उक्त बैठक बस्नेछ । बैठक अपरान्ह १ः१५ बजेवाट सुरू हुनेछ ।

आजको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रस्तुत गरेको आर्थिक बर्ष २०८३ ८४ को राजश्व र व्ययको बार्षिक अनुमान माथी सामान्य छलफल जारी रहनेछ भने सोमा उठेका प्रश्नहरूको जवाफ दिने सम्भावित कार्यसुचीमा उल्लेख छ ।