
काठमाडौं, १ असार । चलचित्र विकास बोर्डले आइतबारसम्मको बक्स अफिस विवरण सोमबार सार्वजनिक भएको छ। सिनेमा घरमा एकैसाथ प्रदर्शनमा आएको चलचित्र ‘रोल न.१’ र ‘कुम्भ’ को दुई सप्ताहको व्यापार सार्वजनिक भएको हो।
जोन योञ्जनले निर्देशन गरेको चलचित्र ‘रोल न १’ देशव्यापी प्रदर्शन भइरहेको छ। वर्तमान शिक्षा प्रणालीलाई प्रश्न तथा बालबालिकाले भोग्नुपर्ने दबाबलाई मुख्य विषय बनाएर यो चलचित्र बनाइएको हो, जुन चलचित्रमा एक ग्रामीण भेगको बालकको कथा देखाइएको छ।


यसले प्रदर्शनको दुई सातामा एक करोड ३५ लाख १५ हजार रुपैयाँको व्यापार गरेको छ भने ४७ हजार एक सय ५१ जनाले टिकट काटेर हेरेका छन ।

सोही अवधिमा निर्देशक रन्धिर श्रेष्ठको लेखन तथा निर्देशनमा बनेको चलचित्र ‘कुम्भुमा एक्सन–लभ स्टोरी’ प्रस्तुत गरेका छन्। चलचित्र ‘कुम्भ’ले ३ लाख ९१ हजार १० रुपैयाँ कमाएको छ। सोही अवधिसम्म यो फिल्मलाई १ हजार ६७९ जनाले हेरेका छन्।
यसैगरी, लालीबजारले ९ करोड १६ लाख, मितज्यूले १ करोड ३२ लाख, काजीले ४४ लाख ४८ हजार, लाइफ डयामेजले ३४ लाख ६६ हजार कमाएका छन ।





