संस्थागत विद्यालयमा CAS कार्यान्वयनमा जोड, बाणगंगामा एकदिवसीय अभिमुखीकरण सम्पन्न (तस्बिर सहित )

बाणगंगा नगरपालिकाभित्रका संस्थागत विद्यालयहरूमा निरन्तर मूल्याङ्कन प्रणाली (CAS) को प्रभावकारी कार्यान्वयन गर्ने उद्देश्यले एकदिवसीय अभिमुखीकरण तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।

May be an image of one or more people and flute

गत शनिबार बैरिया स्थित एभर ग्रीन होटेलमा आयोजित कार्यक्रममा नगरभित्रका संस्थागत विद्यालयहरूबाट दुई/दुई जना प्रतिनिधिको सहभागिता रहेको थियो। कार्यक्रम बाणगंगा प्याप्सनका अध्यक्ष अन्जित खनालको अध्यक्षतामा सम्पन्न भएको थियो भने जिल्ला प्याप्सन कपिलवस्तुका सचिव राजु अधिकारी प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। कार्यक्रममा जिल्ला प्याप्सन सदस्य विनोद खनाल र डमर सोमई अतिथिका रूपमा सहभागी हुनुभएको थियो।

May be an image of one or more people, flute and temple

प्रशिक्षक लक्ष्मी भण्डारीले निरन्तर मूल्याङ्कन प्रणाली (CAS) को अवधारणा, कार्यान्वयन प्रक्रिया तथा विद्यालयमा यसको प्रभावकारी प्रयोगका विषयमा सहजीकरण गर्नुभएको थियो। कार्यक्रममा सहभागी शिक्षक तथा विद्यालय प्रतिनिधिहरूले मूल्याङ्कन प्रणालीलाई व्यवहारिक रूपमा कार्यान्वयन गर्ने सम्बन्धमा महत्वपूर्ण जानकारी प्राप्त गरेका थिए।

May be an image of one or more people and people smiling

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि राजु अधिकारीले शिक्षाको गुणस्तर अभिवृद्धिका लागि निरन्तर मूल्याङ्कन प्रणाली महत्वपूर्ण रहेको बताउँदै यसको प्रभावकारी कार्यान्वयनमा जोड दिनुभयो। त्यसैगरी बाणगंगा प्याप्सनका अध्यक्ष अन्जित खनालले प्रशिक्षणबाट प्राप्त ज्ञान, सीप र अनुभवलाई विद्यालयमा व्यवहारिक रूपमा लागू गर्न सहभागीहरूलाई आग्रह गर्नुभयो।

May be an image of one or more people, people smiling and text that says "DN 大 1XO RE-"

कार्यक्रमको सञ्चालन जिल्ला प्याप्सन सदस्य विनोद खनालले गर्नुभएको थियो। अध्यक्ष खनालले धन्यवाद ज्ञापन गर्दै कार्यक्रम समापन गर्नुभएको थियो।

May be an image of one or more people and flute

images

उक्त अभिमुखीकरण कार्यक्रमले बाणगंगा नगर क्षेत्रका संस्थागत विद्यालयहरूमा निरन्तर मूल्याङ्कन प्रणालीको प्रभावकारी कार्यान्वयन तथा शैक्षिक गुणस्तर सुधारमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।

 

images