
मुम्बई – बलिउडमा पुनः प्रवेसका लागि प्रयास गरिरहेकी मनिषा कोइराला चाडै राम गोपाल बर्माको एक हरर चलचित्रको रिमेकमा देखा पर्दै छिन्।
मनिषाको माग कम भइरहेको बेला बर्माले उनलाई सहारा दिएका हुन्।
तर यतिका वर्षपछि बलिउडमा फर्केकी नायिका प्रति दर्शकको प्रतिकृया कस्तो होला कसैलाई थाहा छैन।
त्यसैले उनलाई चलचित्रमा कतै भुतको भूमिका त दिइन लागेको होइन भन्ने चर्चा पनि छ।
तर मनिषाको रोलको बारेमा राम गोपाल बर्माले खुलाउदै भने,’उनी भुत होयन बरु दुई बच्चाको आमाको भूमिकामा देखिने छिन्।’
मनिषाले यस अघि पनि रामुको चलचित्रमा भूमिका निर्वाह गरिसकेकी छिन्।
बलिउडमा मनिषाको चलचित्रको करियर समाप्त भएको लख काटिदै गएको बेला उनी मुम्बई माया नगरीमा फर्केकी छिन्।
सन् २०१०मा वैवाहिक बन्धनमा बाधिएकी मनिषा ४४ वर्षकी छिन्। विहेपछि उनी बलिउड चलचित्रबाट टाढिएकी थिइन्। – एजेन्सी