
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनमा भाग लिन चितवन पुगेका छन् ।
प्रधानमन्त्री शाह श्रीमती सविना काफ्ले र छोरीसहित आइतबार बिहान चितवन पुगेका हुन् ।

उनले आज रास्वपाको प्रथम महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्ने बताइएको छ । रास्वपाको महाधिवेशन आजदेखि शुरु भएर नयाँ नेतृत्व चयन गर्दै मंगलबार सकिने बताइएको छ ।






