
काठमाडौँ, असार ७ । जल तथा मौसम विज्ञान विभागले कोशी प्रदेशका केही स्थानमा मनसुनी वायुको प्रभाव तथा देशका अन्य भू–भागमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको जनाएको छ।
हाल कोशी प्रदेशसहित देशका हिमाली तथा पहाडी भू–भागमा सामान्य बदली रहेको छ भने मधेश र बागमती प्रदेशका तराई क्षेत्रमा आंशिक बदली तथा लुम्बिनी र कर्णाली प्रदेशका तराई क्षेत्रमा मौसम मुख्यतः सफा रहेको विभागले जनाएको छ। कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ।


विभागका अनुसार आज दिउँसो कोशी प्रदेशका केही स्थान तथा बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशको तराई तथा मधेश प्रदेशका केही स्थानमा पनि वर्षा हुन सक्ने अनुमान गरिएको छ।

यता लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका केही स्थानमा तातो लहरको प्रभाव कायम रहने सम्भावना रहेको छ भने बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा पनि तातो दिन रहने विभागको पूर्वानुमान छ।
आज राति पनि कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागमा सामान्य बदली रहनेछ। कोशी प्रदेशको तराई तथा मधेश प्रदेशका केही स्थानमा मेघगर्जनसहित वर्षा हुन सक्ने विभागले जनाएको छ।

विभागले वर्षा, चट्याङ तथा तातो लहरको सम्भावित प्रभावबाट सतर्क रहन सर्वसाधारणलाई आग्रह गरेको छ।
#arghakhanchicom #arghakhanchidotcom #arghakhanchicomHD #WeatherUpdate #WeatherNews #Monsoon #Rainfall #Thunderstorm #Heatwave #NepalWeather #TodayWeather #WeatherForecast #NepalNews





