पार्किङ गरिएको ट्याक्टर आफैं गुड्दा ५ वर्षीया बालिकाको मृत्यु

सिन्धुली । सिन्धुलीको कमलामाई न.पा.-०८ करकरेमा पार्किङ गरी राखिएको ट्याक्टर आफैं गुड्दा एक बालिकाको मृत्यु भएको छ ।

सिन्धुलीको कमलामाई न.पा.-०८ करकरे निवासी गौरीशंकर थापाकी ५ वर्षीया छोरी शान्वी थापालाई घरदेखि करिब ८-१० मिटर पश्चिम तर्फ ४–५ दिनदेखि पार्किङ गरी राखिएको स्थानीय बिशाल श्रेष्ठको ना ६ त २५३४ नम्बरको ट्याक्टर अचानक आफै गुडी निज शान्वि थापालाई किची घांईते भई उपचारको लागी तात्काल निजको ठुलोममी र ट्याक्टर साहु बिशाल श्रेष्ठले जिल्ला अस्पताल सिन्धुली पुर्‍याएका थिए । घाईते शान्वी थापाको उपचारकै क्रममा अस्पतालका चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

प्रहरीले घटनाका बारे आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।