
बुटवल । रोल्पामा बस दुर्घटना हुँदा १२ जना घाइते भएका छन् ।
रोल्पाको माडी गा.पा.का -२ खोलवाङस्थित घोराही-थवाङ शहीद मार्गमा थवाङबाट घोराहीतर्फ जाँदै गरेको रा.१ ख. ३१०१ नम्बरको बस उकालोमा अचानक ब्रेक फेल भई सडकमा पल्टिँदा १२ जना यात्रु घाइते भएको प्रहरीले जनाएको छ ।

बसमा चालकसहित २९ जना सवार रहेका थिए। दुर्घटनामा सामान्य घाइते भएका १२ जनाको उद्धार गरी उपचारका लागि माडी गाउँपालिका-२ घर्तिगाउँस्थित स्मृति अस्पताल पठाइएको छ ।
बस चालक रोल्पाको थवाङ गा.पा.का -३ मिरुल निवासी अन्दाजी ३२ वर्षीय सन्तोष कामी रहेका छन्। दुर्घटनापछि सडक अवरुद्ध रहेको तथा बस घटनास्थलमै रहेको छ भने घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जानकारी दिएको छ ।





