वर्षे बाली लगाउने बेला हुँदा धौलागिरी अञ्चलमा रासायनिक मलको अभाव

धौलागिरीमा रासायिनक मलको अभाव


– माधब अर्याल

 

वर्षे बाली लगाउने बेला हुँदा धौलागिरी अञ्चलमा रासायनिक मलको अभाव देखिएको छ ।

 

धौलागिरीका पर्वत, बाग्लुङ र म्याग्दी जिल्लामा रासायिनक मलको अभाव देखिएको हो । वर्षे बालीको सिजन शुरु भैसक्दा पनि मल पाउन नसकेपछि कृषकहरु बाली लगाउनबाट बञ्चित बनेका छन् । यतिबेला खेतमा लगाएको मकै गोड्ने बेला भैसकेको छ । तर मल नपाउँदा कृषकले मकै गोड्नसमेत पाएका छैनन् ।

 

चैत्र सकिँन लाग्दा पनि जिल्लामा यूरिया, डिएपी, पोटास कुनैपनि मल उपलव्ध छैन । पर्वत, बाग्लुङ र म्याग्दीमा बार्षिक १ हजार ८ सय ३० मेट्रिक टन मल खपत हुने गर्छ ।

मल नहुँदा मकै, तरकारी र धानबालीसमेत प्राभावित बनेको कृषि सामग्री कम्पनी लिमिटेड पर्वत उपशाखाका प्रमुख नारायणप्रसाद शर्माले जानकारी दिनुभयो । उहांको अनुसार जिल्लामा तत्कालै रासायनिक मल उपलव्ध नगराइएमा यो बर्ष धान, तरकारी खेती, उखु, मकै र गहुँमा ५० प्रतिशतसम्म उत्पादन घट्ने छ ।