सन्धिखर्क नगरसभाको २०औँ अधिवेशनको पहिलो बैठक सम्पन्न, नीति तथा कार्यक्रम सर्वसम्मत पारित (तस्बिर सहित )

अर्घाखाँची, ९ असार । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका को नगरसभाको २०औँ अधिवेशनअन्तर्गत पहिलो बैठक सम्पन्न भएको छ। बैठकले आर्थिक वर्ष २०८३/८४ का लागि प्रस्तुत वार्षिक नीति तथा कार्यक्रम पारित गरेको छ।

नगरसभामा सभाअध्यक्ष तथा नगर प्रमुख कृष्ण प्रसाद श्रेष्ठ ले आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो। प्रस्तुत नीति तथा कार्यक्रममाथि नगरसभा सदस्यहरूबीच व्यापक छलफल भई सभाबाट पारित गरिएको हो।

May be an image of text

त्यसैगरी, नगर उपप्रमुख मिश्रा आचार्य ले आर्थिक वर्ष २०८३/८४ का लागि राजश्व तथा व्ययको वार्षिक अनुमान (बजेट), विनियोजन विधेयक, २०८३ तथा आर्थिक विधेयक, २०८३ सभामा पेश गर्नुभएको थियो। प्रस्तुत बजेट तथा विधेयकहरूमाथि नगरसभा सदस्यहरूले विस्तृत छलफल गरेका छन्।

No photo description available.

नगरपालिकाले आगामी आर्थिक वर्षका विकास निर्माण, सेवा प्रवाह, आर्थिक समृद्धि, रोजगारी सिर्जना तथा सुशासनलाई केन्द्रमा राखेर नीति तथा कार्यक्रम तथा बजेट ल्याएको जनाएको छ। नगरसभाको पहिलो बैठकले आगामी वर्षका योजना तथा कार्यक्रम कार्यान्वयनका लागि महत्वपूर्ण आधार तयार गरेको विश्वास व्यक्त गरिएको छ।

May be an image of dais and text that says "'सनिस्क नगरबासीहरको रहर, सुन्दर समद नगर" सन्धिख्क नगरपालिका नगरसभाको २० สรส้ ಶ್ಜಜಾಮ್గ నండತಿ ఖ೦డ3గా उुम अधिवेशन ंगलबार ध्यक्ष સમાદ सभाદ्यक्ष यक्ष โดราดษิก"

नगरसभाको अधिवेशन अन्तर्गत आगामी बैठकहरूमा बजेट तथा कार्यक्रममाथि थप छलफल गरी आवश्यक निर्णयहरू गरिने जनाइएको छ।

May be an image of one or more people and suit

May be an image of one or more people and dais

images

May be an image of one or more people, dais and text

#arghakhanchicom #arghakhanchidotcom #arghakhanchicomHD

images