बल्कोट प्राथमिक स्वास्थ्य केन्द्र पोषणमैत्री तथा पूर्ण संस्थागत प्रसूति सेवायुक्त स्वास्थ्य संस्था घोषणा (तस्बिर सहित)

-केशव पन्थी ,अर्घाखाँची छत्रदेव

अर्घाखाँची, असार १६ — अर्घाखाँचीको छत्रदेव गाउँपालिका–२ स्थित बल्कोट प्राथमिक स्वास्थ्य केन्द्रलाई पूर्ण संस्थागत प्रसूति सेवायुक्त एवं पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गरिएको छ।

स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धि, सुरक्षित मातृत्व, नवजात शिशु तथा बाल स्वास्थ्य र पोषण सुधार गर्ने उद्देश्यका साथ आयोजित घोषणा कार्यक्रममा जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख जीवनारायण कोइरालाले यस्तो उपलब्धिले गाउँपालिकाको स्वास्थ्य क्षेत्रमा महत्त्वपूर्ण फड्को मारेको उल्लेख गरे।

May be an image of one or more people, temple and text

कार्यक्रमका अध्यक्ष तथा गाउँपालिका अध्यक्ष चन्द्रमान श्रेष्ठले स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर पूर्वाधार, जनशक्ति व्यवस्थापन तथा सेवा विस्तारमा निरन्तर लगानी भइरहेको बताउँदै आगामी दिनमा पनि नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे।

May be an image of dais and text

कार्यक्रममा जिल्ला समन्वय समिति उपप्रमुख लक्ष्मी शर्मा ज्ञवाली, गाउँपालिका उपाध्यक्ष मणि पन्थी, प्रमुख प्रशासकीय अधिकृत बासुदेव खनाल, जिल्ला स्वास्थ्य कार्यालय अर्घाखाँचीका प्रमुख कृष्णप्रसाद पोखरेल, जनप्रतिनिधि, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, विभिन्न राजनीतिक दलका प्रतिनिधि तथा स्थानीयवासीको उल्लेखनीय सहभागिता रहेको थियो।

May be an image of ‎dais and ‎text that says "‎三.m SP एवम बल्कोट प्राथमिक स्वास्थ केन्द्र पोपणमंत्रा ١١ सुश्था घोषणा कार्यक्रम मिति: २०८३/ /03 /१6 मडनलबार छजदेव गाउंणालिका समय: बिहान ठिक ១១:០០ बज गाईं कायपालकाको कार्यालय स्थान: घत्देव-२, स्कोट, अर्यर्चंची दििवादवशासा 即拉真品 जय छत्रदेव! 아메크 sit D 首口自值 ซนได اج 6иeKT‎"‎‎

स्वास्थ्य केन्द्र प्रमुख डा. किरण भुसालले आवश्यक सबै मापदण्ड पूरा गरेपछि स्वास्थ्य केन्द्रलाई पूर्ण संस्थागत प्रसूति सेवायुक्त तथा पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गरिएको जानकारी दिँदै आगामी दिनमा सेवा प्रवाहलाई अझ प्रभावकारी र नागरिकमैत्री बनाइने बताए।

May be an image of temple

images

कार्यक्रममा स्थानीय विद्यालयका विद्यार्थी तथा महिला समूहले सांस्कृतिक प्रस्तुति दिएका थिए।

May be an image of one or more people, dais, temple and text that says "घतवचन सुख्यर ออสี่ खमुਰ वाईंपालिका ਛਾळो आभचान छज्रदेव गाउणालिका डा २ बल्कोट पूर्ण सेस्थागत प्रसुति सेवायुक एंम बल्कोट प्राशमिक स्वास्थय केन्द्र पोषणमैत्री स्वास्थ संस्था घोषणा कार्यक्रम अयोजक: छत्देव गाउंपालिका मिति: 20ca/0 /0克 /9 ១្ महगलबार कार्यपालिकाको कार्याल ठिक ठिक 1:0 ១:០0 रवारश्या शाखा। ध:अणरक्षोशी นอตรร 4-२ बस्काट, ርህ ணுර்ා නශ්ාන්න්තල oig ORN 地め SOREIC డలిಿదಾల"

images