मुम्बई – बलिउड स्टार शाहरुख खानलाई अमेरिकाको न्युयोर्क विमानस्थलमा हिरासतमा लिइएपछि दुई घण्टासम्म सोधपुछ गरिएको थियो। भारत सरकार र बलिउडसँग सम्बन्धित ब्यक्तिहरूले अमेरिकाको त्यस कदमको कडा आलोचना गरेका थिए। त्यसपछि अमेरिकाले खेद पनि प्रकट गरेको थियो। तर बलिउडकै अर्का स्टार जोन अब्राहम भने शाहरुखसँग अमेरिकीहरूले गरेको व्यवहार उचित भएको मान्छन्।
जोन अब्राहम शाहरुख खानसँग जस्तो व्यवहार भयो त्यसमा कुनै गलत नभएको मान्छन्।
उनले आफूलाई पनि सन् २००९मा अमेरिकी विमानस्थलमा हिरासतमा लिइएको बताए। ‘हरेक देश आफ्नो सुविधा अनुसार सुरक्षा गर्छ। भारतमा विदेशीको प्रवेस नर्क जस्तो छ। यो सजिलो छैन।’
‘अमेरिकाले आफ्नो देशलाई सुरक्षित राख्न जे गर्न सक्छ त्यो गरिरहेको छ। त्यसैले यो उचित हो। शाहरुखले यो मामिलालाई निकै शिष्टता पूर्वक यसलाई लिए।’ जनले एसियाली नागरिक प्रति अमेरिकीहरूको व्यवहार भने वहसको विषय हुन सक्ने बताए।
आफ्नो राहदानीमा अफगानिस्तानको उल्लेख भएकै कारण एफबिआइले आफूलाई हिरासतमा लिएको उनले बताए। उनले आफूलाई ६ घण्टासम्म हिरासतमा राखेर अनौठा अनौठा प्रश्न सोधेको बताए।
‘तर त्यतिखेर कुनै होहल्ला भएन। किनभने मैले यस घटनालाई आफ्नो चलचित्रको प्रचारका लागि संचार माध्यमलाई गुहारिन।’
काबाुल एक्सप्रेस चलचित्रको सुटिङका क्रममा जोन लगभग दुई महिनासम्म अफगानिस्तानमा वसेका थिए। – एजेन्सी