सलमान खान ५२ बर्ष पछि समुन्द्र किनारकाे नयाँ घरमा सर्दै

मुम्बई, १७ असार । सलमान खान ग्यालेक्सी अपार्टमेन्ट छोड्ने तयारीमा रहेका छन् ।

ब्यक्तिगत सुरक्षा कारणहरूले गर्दा उनी ५२ वर्षदेखि बस्दै आएको यो घरबाट बाहिर निस्कन लागेको खबर बाहिरिएको छ । अब उनी समुद्रको किनारमा रहेको ६ तल्ले घरमा चाँडै नै सर्नेछन्। सलमान खानको परिवार विगत ५२ वर्षदेखि बान्द्राको ग्यालेक्सी अपार्टमेन्टमा बस्दै आएको छ।

समाचार अनुसार उनी अब ग्यालेक्सीबाट केही टाढा आफ्नो परिवारको लागि नयाँ घर बनाउँदै छन्। जुन १६ मा उनले महाराष्ट्र तटीय क्षेत्र व्यवस्थापन प्राधिकरणबाट त्यहाँ घर निर्माण गर्नका लागि अनुमति पनि लिइसकेका छन । यो स्वीकृति यस सर्तमा दिइएको थियो कि नयाँ घर निर्माणको क्रममा यस क्षेत्रमा रहेका कुनै पनि रूखहरू काटिने छैनन्, बरु मुम्बईको वातावरणलाई कुनै हानि नपुगोस् भनेर उनले आफ्नो नयाँ घर रसम्पत्तिका वरिपरि नयाँ रूखहरू रोप्नेछन् ।

समाचार भनिएको छ कि यो घर निर्माण हुने जग्गा सलमानकी आमा सलमा खानको नाममा दर्ता गरिएको छ। १ हजार १४ वर्ग फिटमा फैलिएको यो सम्पत्ति बान्द्राको चिम्बई क्षेत्रमा अवस्थित छ। नयाँ बन्ने घर ६ तला हुनेछ र जसलाई साच डेभलपर्सले निर्माण गर्नेछ। यो जग्गामा सन् १९५६ देखि दुई तले भवन खडा थियो तर यसको जीर्ण अवस्थाका कारण यसलाई अहिले भत्काइएको छ ।

सलमान खानले सुरक्षाको कारणले यो निर्णय लिएको बताइएको छ किनकि उनलाई धेरै पटक ज्यान मार्ने धम्की आएको छ। उनको घरमा गोली चलाउने घटना पनि भएको थियो, जसको जिम्मेवारी लरेन्स बिश्नोई गिरोहले लिएको थियो। त्यो घटनापछि सलमानले आफ्नो बाल्कोनीमा बुलेट प्रुफ सिसा जडान गरेका थिए तर पनि उनलाई लाग्छ कि यो मात्र सुरक्षाको दृष्टिकोणबाट पर्याप्त छैन् । सलमान हाल बसिरहेको फ्ल्याट एकदमै सानो छ भनिन्छ, त्यहाँ उनको जिम पनि छ। उनका बुबा सलीम खानले बारम्बार उनलाई आफ्नो कद र स्टारडम सुहाउँदो नयाँ घर लिन सुझाव दिइरहेका थिए तर सलमान कहिल्यै पनि सहमत भएका थिएनन ।

त्यसो त, शाहरुख खानभन्दा पहिले सलमान खानलाई ‘मन्नत’ किन्नको लागि प्रस्ताव आएको थियो तर बुवा सलीम खानले उनलाई सो घर नकिन्नसल्लाह दिए, भनेका थिए, ‘परिवारलाई यति ठूलो बंगला चाहिँदैन् ।’ अब सलमान खान पनि शाहरूख जस्तै समुन्द्री किनारको ताजा हावा लिने भएका छन् ।