खामोनीको शव यात्रा हुने पाँच सहरका यस्ता छन बिशेषता

तेहरान, २१ असार । अमेरिका इजरायली हमलामा मारिएका इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको शव यात्रा हिजोवाट सुरू भएको छ।

इरान अमेरिका बिच ‘लगभग सहमति’ भए पछि खामेनीको अन्तिम यात्रा सुरू गरिएको हो । खामेनीको अन्त्येष्टि समारोहका लागि तेहरानका सडकहरूमा ठूलो संख्यामा सेना र प्रहरी परिचालन गरिएको छ। मुख्य सडक, चोक र सरकारी भवनहरू बाहिर सुरक्षाकर्मीहरू तैनाथ गरिएका छन् भने मुख्य मार्गहरूमा सैन्य सवारी साधनहरूले गस्ती गरिरहेका छन्।

सर्वसाधारणका लागि विशेष व्यवस्था गरिएको छ । खामेनीको अन्त्येष्टिमा सहभागी हुने सर्वसाधारणका लागि तेहरानमा मेट्रो सेवा र सरकारी बस निःशुल्क गरिएको थियो। यसका साथै, होटलको भाडामा ५० प्रतिशत छुटको व्यवस्था गरिनुका साथै विद्यालय र मस्जिदहरूमा बसोबासको प्रबन्ध पनि मिलाइएको थियो। अन्य सहरहरूबाट मानिसहरूलाई ओसारपसार गर्न विशेष रेलहरूको पनि सञ्चालन गरिएको थियो।

खामेनेईको अन्त्येष्टिसँग सम्बन्धित कार्यक्रमहरू तेहरानमा जुलाई ३ वाट सुरु भएर जुलाई ९ सम्म जारी रहने छ।  शुक्रबार आयोजित यस कार्यक्रममा १०० भन्दा बढी देशका प्रतिनिधिहरू सहभागी भएका थिए ।

जुन शव यात्रा पाँच सहरहरू हुँदै अघि बढ्नेछ, यात्राका प्रत्येक चरणमा पर्ने सहरको भने बिशेष महत्त्व रहेको छ । उसो भए, जानौं कुन कुन शहरमा खामोनीको शव यात्रा हुनेछ र यसको महत्व के छ बुझौं ।

तेहरानः सत्ताको केन्द्रः

तेहरानको ‘ग्रान्ड मोसाल्ला’ वाट अन्तिम पटक सार्वजनिक दर्शनको कार्यक्रम सुरु गरिएको छ। यस स्थलमा प्रमुख धार्मिक कार्यक्रमहरू, राजकीय समारोह र शुक्रबारको नमाज आयोजना गरिन्छन्। तेहरानमै राष्ट्रपति भवन, संसद्, न्यायपालिका र सैन्य मुख्यालयजस्ता सत्ताका सबै प्रमुख केन्द्रहरू अवस्थित रहेका छन्।

कोम: शिया इस्लामको अध्ययनको सबैभन्दा ठूलो केन्द्र

images

कोम इरानमा शिया धार्मिक अध्ययनको सबैभन्दा ठूलो केन्द्र तथा धार्मिक शिक्षाको प्रमुख थलो हो। यहाँ शिया सम्प्रदायका महत्त्वपूर्ण धार्मिक शिक्षण संस्था (सेमिनरी)हरु रहेका छन्, जसले धेरै प्रख्यात धार्मिक नेताहरू उत्पादन गरेका छन्। यहाँ अवस्थित फातिमा मासुमाको मजारलाई शिया मुस्लिमहरूका लागि सबैभन्दा पवित्र स्थलहरूमध्ये एक मानिन्छ। खामेनीको पार्थिव शरिरको यस सहरको भ्रमणलाई त्यहाँको धार्मिक नेतृत्वप्रति सम्मानको रूपमा हेरिएको छ।

कर्बला: शहादतको प्रतीक

images

शहादतको प्रतीक मानिने इराकको कर्बला सहर शिया मुस्लिमहरूका लागि सबैभन्दा पवित्र स्थलहरूमध्ये एक हो। यहाँ इमाम हुसेनको मजार अवस्थित छ। शिया इतिहासमा इमाम हुसेनको शहादतलाई सबैभन्दा महत्त्वपूर्ण घटना मानिन्छ तसर्थ कर्बलामा हुने कार्यक्रमले त्याग, सङ्घर्ष र दृढताको सन्देश प्रवाह गर्नेछ।

 

images

नजफः शिया इस्लामको एक प्रमुख केन्द्र

इराकको नजफ सहर इमाम अलीको मजारका लागि प्रख्यात छ। यसलाई शिया धार्मिक अध्ययनको विश्वकै प्रमुख केन्द्र तथा शिया धार्मिक नेताहरूको मुख्य केन्द्र मानिन्छ। यहाँ अन्तिम श्रद्धाञ्जली अर्पण गरिनुले यो पुष्टि गर्छ कि खामेनीको प्रभाव केवल इरानमा मात्र सीमित थिएन, बरु सम्पूर्ण शिया जगतमा फैलिएको थियो।

मशहदः खामाेनीकाे जन्मभुमी

अन्त्येष्टि यात्राको अन्तिम चरण इरानको सबैभन्दा पवित्र सहर मशहदमा हुनेछ। यहाँ इमाम रेजाको मजार अवस्थित छ, जहाँ हरेक वर्ष लाखौं तीर्थयात्रीहरू दर्शनका लागि आउँछन्। खामेनीको जन्म मशहदमा भएको थियो र उनले आफ्नो बाल्यकाल त्यहीँ बिताएका थिए । त्यसैले उनलाई यसै सहरमा अन्तिम विश्राम दिइनेछ।

Nepal life insurance