
म्यानमारको ऐतिहासिक एवं प्रसिद्ध स्वेडागन प्यागोडा (गोल्डेन प्यागोडा) मा चालु वर्षको पहिलो ६ महिनामा पर्यटकहरूको संख्यामा उल्लेख्य वृद्धि भएको छ । प्यागोडा बोर्ड अफ ट्रष्टीका सदस्य उ बो थिनले दिनुभएको जानकारीअनुसार जनवरीदेखि जुनसम्मको अवधिमा ३८ लाख ७० हजारभन्दा बढी आन्तरिक तथा वाह्य पर्यटकले यस स्थलको भ्रमण गरेका छन् ।
यस अवधिमा प्यागोडाको भ्रमण गर्ने अन्तर्राष्ट्रिय पर्यटकहरूको संख्या ४० हजारभन्दा बढी रहेको छ । विदेशी पर्यटकहरूमध्ये सबैभन्दा बढी चीन र थाइल्याण्डका नागरिकहरू रहेको बोर्डले जनाएको छ । गत वर्षको सोही अवधिको तुलनामा यस वर्ष पर्यटकको आगमनमा सकारात्मक सुधार देखिएको हो ।


सन् २०२३ को पहिलो ६ महिनामा करिब ३५ लाख पर्यटकले स्वेडागन प्यागोडाको भ्रमण गरेका थिए । म्यानमारको प्रमुख धार्मिक एवं पर्यटकीय गन्तव्यको रूपमा रहेको यस प्यागोडामा पछिल्लो समय पर्यटकको चहलपहल बढ्दै गएको तथ्यांकले देखाउँछ ।





