आइपिएल क्रिकेटमा हैदरावाद डेक्कन चाजर्सको पहिलो जित

काठमाडौ,१५  बैशाख  (एजेन्सी) :इण्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा हैदरावाद डेक्कन चाजर्सले पहिलो जित दर्ता गरेको छ ।
 
जारी प्रतियोगितामा सातौ खेलमा जित दर्ता गरेको डेक्कन चाजर्सले गत रातीको खेलमा पुर्णे वारियर्सलाई १८ रनले हरायो ।
 
बर्षाका कारण स्थगित भएको कोलकाता नाइट राईडर्ससँगको खेलबाट १ अंक बटुलेको डेक्कनको बिहीबार रातीको जितसँगै ३ अंक भएको छ ।९ खेलबाट ८ अंक बटुलेको पुर्णे छैटौं स्थानमा छ । डेक्कनले पहिला ब्याटिङ्ग गरी २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ७७ रन बनाएको थियो । जवाफमा पुर्णेले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ५९ रन मात्र बनायो ।
 
प्रतियोगितामा शुक्रबार राती सवा ८ बजे दिल्ली डेयर डेभिल्स र मुम्बई इण्डियन्सबीच प्रतिस्पर्धा हुने छ ।