रुकुमको खलंगामा गोलभेडा खेती गरेर मनग्य आम्दानी

– पूर्ण बस्नेत

 

गरे के हुँदैन भन्ने उदाहरणलाई ब्यवहारमा उतार्न रुकुम खलंगाका महिलाहरु सामूहिक गोलभेडा खेतीमा लागेका छन् ।

 

बजारको समस्या नभएको र जिल्लामा गोलभेडाको माग बढ्दै गएपछि सामूहिक खेती गर्न थालेको उनीहरु बताउँछन् ।

 

 सामुहिक खेती गर्दा मेहनत कम पर्ने र पालैपालो समय दिन सकिने हुँदा खेती राम्रो हुने विश्वास उनीहरुको छ ।

 

शुरुवातमा अरु खेती गर्दै आएका उनीहरुले एक बर्ष यता गोलभेडा खेती गर्दै आएका हुन् ।

 

गोलभेडा खेतीबाटै उनीहरुले बार्षिक दुई लाखसम्म आम्दानी गर्न सफल भएका छन् ।