मुम्बई – हिजोआज दर्शकलाई उत्तेजक दृश्य समावेश गरिएका फिल्म देखाएर पैसा कमाउने खेलोमा हलिउड, बलिउड मात्रै होइन स्वदेशी फिल्मकर्मी पनि उत्साहित हुन थालेका छन् । अभिनयका कारणभन्दा पनि चुम्बन, बेड सिन र सेक्स सिनबाट ह्वात्तै चर्चा पाइने भएकाले पनि एडल्ट फिल्मको ओइरो लाग्न थालेको हो ।
यस्तै मध्येको बलिउडको एक फिल्मको सुटिङमा नायिकाले चुम्बन गर्दा नायकको ओठ नै टोकिदिएकी छन् । ‘संघाई’ नामक फिल्मको चुम्बन दृश्यको सुटिङका क्रममा कल्की कोचलिनले उत्तेजनामा प्रसेनजितको ओठ टोकेर घाउ नै बनाइदिएकी छन् । उक्त घटनाको दृश्यांश इन्टरनेटबाट चुहावट भएपछि मात्रै खबर सार्वजनिक भएको हो ।
‘देव डी’ बाट बलिउड डेब्यु गरेकी कल्कीले ठीक एक वर्ष पहिले सोही फिल्मका निर्देशक अनुराग कश्यपसँग लगनगाँठो कसेकी थिइन् । ‘जिन्दगी नामिलेगी दोबारा’ बाट पनि उनले राम्रो प्रशंसा बटुलेकी थिइन् ।
– एजेन्सी



