
काठमाडौं । नेपाली युवा सफ्टवेयर डेभलपर प्रमोद पोखरेल (p0khrl) ले ORBIS Engine नामक ओपन–सोर्स क्रस–प्लाटफर्म VPN इन्जिन सार्वजनिक गरेका छन्। आधुनिक VPN समाधान विकास गर्न चाहने डेभलपरहरूलाई लक्षित गर्दै तयार गरिएको यो परियोजनाले आफ्नै VPN एप्लिकेसन निर्माणका लागि आवश्यक आधारभूत संरचना उपलब्ध गराउने लक्ष्य राखेको छ।
ORBIS Engine कुनै तयार VPN एप्लिकेसन नभई C++20 मा विकसित गरिएको शक्तिशाली VPN इन्जिन (Library) हो। यसलाई प्रयोग गरी डेभलपरहरूले आफ्ना आवश्यकता अनुसार सुरक्षित, भरपर्दो र उच्च कार्यसम्पादन भएका VPN एपहरू निर्माण गर्न सक्नेछन्।


हाल ORBIS Engine ले Linux मा Kernel WireGuard (Netlink) तथा Windows मा WireGuardNT मार्फत VPN सञ्चालनका लागि आवश्यक समर्थन प्रदान गर्दछ। डेभलपर प्रमोद पोखरेलका अनुसार आगामी संस्करणहरूमा थप अपरेटिङ सिस्टम, नयाँ फिचर तथा आधुनिक नेटवर्किङ क्षमताहरू समावेश गर्दै परियोजनालाई अझ विस्तार गर्ने योजना रहेको छ।

परियोजना पूर्ण रूपमा Open-Source भएकाले विश्वभरका डेभलपरहरूले यसको स्रोत कोड अध्ययन गर्न, आवश्यक सुधारका लागि योगदान दिन तथा आफ्ना परियोजनामा स्वतन्त्र रूपमा प्रयोग गर्न सक्नेछन्। यसले नेपाली डेभलपर समुदायलाई अन्तर्राष्ट्रिय ओपन–सोर्स क्षेत्रमा योगदान गर्ने अवसरसमेत प्रदान गर्ने अपेक्षा गरिएको छ।


ORBIS Engine सम्बन्धी विस्तृत जानकारी तथा स्रोत कोड GitHub मा सार्वजनिक गरिएको छ, जहाँ इच्छुक डेभलपरहरूले परियोजनाको विकासमा सहभागी हुन, सुझाव दिन र प्रत्यक्ष योगदान गर्न सक्नेछन्।
GitHub Repository: https://github.com/pokhrl/Orbis

#arghakhanchicom #arghakhanchidotcom #arghakhanchicomHD




