नेपाल मोबाइल व्यवसायी संघ अर्घाखाँचीद्वारा आयोजित रक्तदान कार्यक्रम सम्पन्न, ८१ पोका रगत संकलन (तस्बिर सहित)

अर्घाखाँची। नेपाल मोबाइल व्यवसायी संघ अर्घाखाँचीको आयोजनामा तथा नेपाल नियमित रक्तदाता संघ अर्घाखाँची, लायन्स क्लब अफ अर्घाखाँची र ‘योगदान राष्ट्रका लागि’ को सहआयोजनामा सम्पन्न वृहत् रक्तदान कार्यक्रम भव्य, सभ्य र उत्साहजनक रूपमा सम्पन्न भएको छ। कार्यक्रममा जिल्लाकै उत्कृष्ट मानिने ८१ पोका रगत संकलन गरिएको आयोजकले जनाएको छ।

May be an image of one or more people, temple and text

नेपाल मोबाइल व्यवसायी संघ अर्घाखाँचीका अध्यक्ष सञ्जय हिताङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख जीवनारायण कोइराला प्रमुख अतिथि रहनुभएको थियो।

May be an image of one or more people and text that says "अर्घाख्ांची माबाइल व्यवसायी सुंघ Arghakhanchi Mobile Business Association वोपाल मोबाईल र्यवसायि महासांधळो स्थापना दिवसको अवसुरना आयोजित खुल्ला बृहत रत्तदान कार्यक्रम सौजन्य कোण कारिया p อหรัด रामव।ती सवोजस्य अयर्माची: अमशिचीजमा्द्रगकव नमनर्व,न 盜 दाम्िणा कारेया 9 ...Rあ ውሸ ःडा.के Jiis रिह お ग्वरो 3le 20 196C4 0 जा.क.आई.श आई. Dae AL"

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदी, अर्घाखाँची अस्पतालका प्रमुख डा. जगन्नाथ तिवारी, नेपाल नियमित रक्तदाता संघका वरिष्ठ उपाध्यक्ष लेखनाथ भण्डारी विशेष अतिथिका रूपमा सहभागी हुनुभएको थियो।

May be an image of one or more people, dais and text

त्यसैगरी हार्ट फाउन्डेसनका जिल्ला संयोजक कृष्णप्रसाद भुसाल, नेपाल नियमित रक्तदाता संघ अर्घाखाँचीका अध्यक्ष अशोक चौहान, लायन्स क्लब अफ अर्घाखाँचीकी अध्यक्ष मीरा केसीलगायत विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको समेत आतिथ्यता रहेको थियो।

May be an image of one or more people and temple

कार्यक्रममा संघका उपाध्यक्ष सुदन आचार्यले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन गोमा सापकोटा र संघका महासचिव शिव बन्जाडेले संयुक्त रूपमा गर्नुभएको थियो।

May be an image of ‎one or more people, temple and ‎text that says "‎अघाखवाचा माबाइल ceaae Фa Arghakhanchi Mobile Business Association नेपाल मोबाईल र्यवसारि महासंधको स्थापना दिवसको शुभ अवसरमा आयोजित खुल्ला बृहत र्तृदान कार्यक्रम आधोजक: राष्ट्रकी सागि सर्मित प्राबिधिक सह्ट 053\/03\/21 الحل ਜरपाल लियमित रम रेहक्रस सीसाई ठिक मायाजक: नेपाल मोबाइल व्यवसायि भूर्घादांधी अर्धासात‎"‎‎

images

आयोजकका अनुसार रक्तदान जीवनदान भन्ने सन्देश प्रवाह गर्दै सम्पन्न उक्त कार्यक्रम जिल्लामा रक्त अभाव न्यूनीकरणमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ।

तस्बिर : गोमा सापकोटा रेग्मी

images

May be an image of one or more people, temple and text

May be an image of one or more people, slow loris and text

images

May be an image of one or more people and text

May be an image of one or more people and text

May be an image of flute, temple and text