दीपाश्रीको ब्रेन ट्युमरको सफल शल्यक्रिया, दीपकराज गिरीले के भने ?

काठमाडौं । अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया गरिएको छ । काठमाडौंको माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालमा उनको ट्युमरको शल्यक्रिया गरिएको हो ।

हाल उनी अन्नपूर्ण न्यूरो अस्पतालमा उपचाररत छिन् । स्वास्थ्यमा समस्या देखिएपछि केही दिनअघि उनलाई अस्पताल भर्ना गरिएको थियो ।

निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रियापछि अभिनेता तथा निर्माता दीपकराज गिरीले सामाजिक सञ्जालमार्फत स्वास्थ्य अवस्थाबारे जानकारी दिएका छन् ।

उनले भनेका छन्- ‘यो साता हाम्रो लागि निक्कै चुनौतीपूर्ण र कठिन समय रह्यो ! सुटिगंको बिचमा दीपाजी लाई ब्रेन ट्यूमर भएको पत्ता लाग्यो त्यसपछि हामी अन्यौलमा पर्यौ, तुरून्त शल्यक्रिया गर्नुपर्ने भयो ! भारत जाने सल्लाह पाइयो । तर अन्त्यमा नेपालकै अनुभबी डाक्टर बसन्त पन्तद्दारा शल्यक्रिया गर्ने निर्णय भयो ! भगवानको आशीर्बादले शल्यक्रिया सफलतापूर्बक सम्पन्न भयो । हाल उहाँ आइसियूबाट जनरल वार्डमा आएर स्वास्थ्यलाभ गर्दै हुनुहुन्छ ।’