सितगंगा–९ मा ‘सुन्दरबस्ती सामुदायिक स्वास्थ्य केन्द्र’ सञ्चालनमा, वडाध्यक्ष केसीले भने– “स्वास्थ्य नै नागरिकको सबैभन्दा ठूलो सम्पत्ति हो”

रिपोर्ट : अनिल नेपाली, अर्घाखाँची डटकम/ संवाददाता 

अर्घाखाँची। अर्घाखाँचीको सितगंगा नगरपालिका–९ मा स्थानीय नागरिकलाई सहज, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले ‘सुन्दरबस्ती सामुदायिक स्वास्थ्य केन्द्र’ स्थापना गरिएको छ।

May be an image of temple and text

स्वास्थ्य केन्द्रको उद्घाटन गर्दै वडा नं. ९ का अध्यक्ष भीमबहादुर केसीले नागरिकको स्वास्थ्य नै सबैभन्दा ठूलो सम्पत्ति भएकाले स्थानीय सरकार स्वास्थ्य सेवाप्रति सदैव संवेदनशील रहेको बताउनुभयो।

May be an image of one or more people, people smiling and text

उहाँले निर्वाचनका क्रममा गरेका प्रतिबद्धतालाई व्यवहारमा उतार्दै नागरिकले आफ्नै गाउँ–टोलबाट आधारभूत स्वास्थ्य सेवा प्राप्त गर्न सकून् भन्ने उद्देश्यले स्वास्थ्य केन्द्र स्थापना गरिएको उल्लेख गर्नुभयो।

May be an image of one or more people and people studying

स्वास्थ्य केन्द्र सञ्चालनमा आएपछि सामान्यदेखि जोखिमयुक्त स्वास्थ्य समस्याको प्रारम्भिक उपचार तथा आवश्यक परामर्श स्थानीय स्तरमै उपलब्ध हुने विश्वास व्यक्त गर्दै यसबाट वडावासी प्रत्यक्ष रूपमा लाभान्वित हुने बताउनुभयो।

May be an image of one or more people and text

वडाध्यक्ष केसीले आफू निर्वाचित भएदेखि नै जनमुखी, परिणाममुखी तथा विकासमुखी कामलाई प्राथमिकतामा राखेर स्थानीय सरकारलाई नागरिकको घरदैलोको सरकारका रूपमा अनुभूति गराउने प्रयास निरन्तर भइरहेको बताउनुभयो। स्थानीय बासिन्दाले पनि वडाध्यक्ष केसीको नेतृत्वमा स्वास्थ्य, विकास र जनसेवामूलक कार्यक्रम प्रभावकारी रूपमा अघि बढिरहेको प्रतिक्रिया दिएका छन्।

images

No photo description available.

कार्यक्रम वडा सदस्य खुमबहादुर लुम्चेको अध्यक्षतामा तथा कम्प्युटर अपरेटर निर्मला केसीको सञ्चालनमा सम्पन्न भएको थियो। कार्यक्रममा वडा सचिव खगेन्द्र तिरुवा, कार्यपालिका सदस्य, वडा सदस्य, समाजसेवी तथा स्थानीय बासिन्दाको उल्लेखनीय सहभागिता रहेको थियो।

images

 

May be an image of one or more people and people smiling

images