सन्धिखर्कमा धनञ्जय डेन्टलको शाखा सञ्चालन, अब अर्घाखाँचीमै आधुनिक दन्त उपचार सेवा (तस्बिर सहित)

-केशव पन्थी / अर्घाखाँची डटकम

अर्घाखाँची, साउन १ । बुटवलमा मुख्य कार्यालय रहेको धनञ्जय डेन्टलले अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा आफ्नो नयाँ शाखा सञ्चालनमा ल्याएको छ। शुक्रबारदेखि औपचारिक रूपमा सेवा सुरु भएको शाखाको उद्घाटन सन्धिखर्क नगरपालिका–१ का वडाध्यक्ष माधव श्रेष्ठले गर्नुभएको हो।

May be an image of one or more people, hospital and text

उद्घाटन समारोहलाई सम्बोधन गर्दै वडाध्यक्ष श्रेष्ठले जिल्लामै आधुनिक तथा गुणस्तरीय दन्त उपचार सेवा विस्तार हुनु स्थानीय नागरिकका लागि महत्वपूर्ण उपलब्धि भएको बताउनुभयो। उहाँले मुख तथा दाँतको स्वास्थ्य समग्र स्वास्थ्यसँग प्रत्यक्ष रूपमा जोडिएको उल्लेख गर्दै समयमै परीक्षण र उपचार गर्न सके धेरै जटिल रोगबाट बच्न सकिने धारणा राख्नुभयो। धनञ्जय डेन्टलले जिल्लावासीलाई सहज, गुणस्तरीय र विश्वासिलो सेवा प्रदान गर्ने विश्वास समेत उहाँले व्यक्त गर्नुभयो।

May be an image of one or more people, people smiling, hospital and text

धनञ्जय डेन्टलका प्रतिनिधिका अनुसार सन्धिखर्क शाखामार्फत अर्घाखाँचीका नागरिकलाई आधुनिक प्रविधिसहित सहुलियत शुल्कमा दन्त उपचार सेवा उपलब्ध गराइनेछ। शाखाबाट सामान्य दाँत परीक्षण, दाँत निकाल्ने, दाँत भर्ने, स्केलिङ (दाँत सफा गर्ने), रुट क्यानल उपचार, कृत्रिम दाँत जडान, बाङ्गो दाँत मिलाउने (ब्रेसेस), बालबालिकाको दन्त उपचार, मुख स्वास्थ्यसम्बन्धी परामर्श लगायतका विशेषज्ञ सेवा प्रदान गरिने जनाइएको छ।

यसअघि दाँतसम्बन्धी उपचारका लागि अर्घाखाँचीका अधिकांश बिरामी बुटवल, भैरहवा तथा काठमाडौंसम्म जानुपर्ने बाध्यता रहेको थियो। जिल्लामै विशेषज्ञ दन्त सेवा उपलब्ध हुन थालेपछि उपचारका लागि बाहिर जानुपर्ने अवस्था अन्त्य हुने, समय र खर्च दुवै बचत हुने तथा नागरिकले सहज रूपमा सेवा पाउने अपेक्षा गरिएको छ।

May be an image of ‎one or more people, temple and ‎text that says "‎धान 690 धनज्जय डेन्टल कि्लनिक स.न.पा-१, बेकरोड, अर्घखांची दाँत बनाउने ठाउँ दात, मुख तथा गिजा रोग क्लनिक :9857058955, 9747408286 धणाजजায়া अबरदल बलाजक OPENING SOON ሸ፪ धनज्जय धनाजयंतिींऊऊ- डत्टल कि्लहि्क 30 WEL- WEL-COME COME نا GRAND OPE OrthadantkeTreedment ปีบะ सफात did सह कजरल कान 687 SEC‎"‎‎

उद्घाटन कार्यक्रममा स्थानीय जनप्रतिनिधि, समाजसेवी, व्यवसायी, स्वास्थ्यकर्मी, विभिन्न संघ–संस्थाका प्रतिनिधि तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले जिल्लामा विशेषज्ञ दन्त सेवा विस्तार हुनु अर्घाखाँचीको स्वास्थ्य क्षेत्रका लागि सकारात्मक उपलब्धि भएको बताएका थिए।

धनञ्जय डेन्टलले आगामी दिनमा विद्यालयस्तरीय मुख स्वास्थ्य परीक्षण, दन्त स्वास्थ्यसम्बन्धी सचेतनामूलक कार्यक्रम तथा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने योजना रहेको जनाएको छ। साथै आधुनिक उपकरण, अनुभवी दन्त चिकित्सक तथा बिरामीमैत्री सेवामार्फत गुणस्तरीय उपचार प्रदान गर्दै अर्घाखाँचीवासीको विश्वास जित्ने प्रतिबद्धता पनि व्यक्त गरेको छ।

images

May be an image of one or more people, people smiling, hospital and text

सन्धिखर्कमा शाखा विस्तारसँगै अब अर्घाखाँचीका नागरिकले आफ्नै जिल्लामा सहज, छिटो, सुरक्षित र सहुलियत दरमा आधुनिक दन्त उपचार सेवा प्राप्त गर्ने अपेक्षा गरिएको छ।

images