
रूपन्देही, ८ साउन । छोराको हत्या गरेको अभियोगमा बाबु पक्राउ परेका छन् ।
आफ्नै छोरा २१ वर्षीय सरोज चौधरीको हत्या गरेको अभियोगमा तिलोत्तमा नगरपालिका–१० मैनिहवा बस्ने ४५ वर्षीय सहसराम चौधरीलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो ।


घरायसी विवादको क्रममा बिहीबार बिहान सहसरामले चक्कु प्रहार गर्दा सरोज गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी महुवारिबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

गम्भीर घाइते भएका सरोजको मेडिकल कलेज भैरहवामा थप उपचारको क्रममा बिहीबार दिउँसो मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

तस्विरः एआई





