
नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।
आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनासहित सबैजसो विदेशी मुद्राको भाउ स्थिर छ। शनिबार यी सबैजसो मुद्राको मूल्य घटेको थियो।

आज अमेरिकी डलर १ को खरिददर १५४ रुपैयाँ २१ पैसा र बिक्रीदर १५४ रुपैयाँ ८१ पैसा निर्धारण भएको छ। हिजो पनि अमेरिकी डलरको विनिमयदर यही थियो।
गएको जेठ ७ गते अमेरिकी डलर १ को खरिददर १५४ रुपैयाँ ६२ पैसा र बिक्रीदर १५५ रुपैयाँ २२ पैसा पुगेको थियो। अमेरिकी डलरको यो विनिमयदर हालसम्मकै सबैभन्दा महँगो हो।


त्यसैगरी आज युरो १ को खरिददर १७५ रुपैयाँ ६४ पैसा र बिक्रीदर १७६ रुपैयाँ ३२ पैसा छ।
आज पाउन्ड स्ट्रलिङ १ को खरिददर २०५ रुपैयाँ ३८ पैसा र बिक्रीदर २०६ रुपैयाँ १८ पैसा निर्धारण भएको छ।

आज अस्ट्रेलियन डलर १ को खरिददर १०७ रुपैयाँ ८२ पैसा र बिक्रीदर १०८ रुपैयाँ २४ पैसा छ।
त्यसैगरी आज कुवेती दिनार १ को खरिददर ५०१ रुपैयाँ ०१ पैसा र बिक्रीदर ५०२ रुपैयाँ ९६ पैसा छ।

आज बहराइन दिनार १ को खरिददर ४०८ रुपैयाँ ९९ पैसा र बिक्रीदर ४१० रुपैयाँ ५८ पैसा निर्धारण भएको छ।
यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।
वाणिज्य बैंकहरुले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध छ।
हेर्नुहोस् सबै मुद्राको विनिमय दर






