आठौं वार्षिक गिद्ध सर्भेको प्रारम्भ

– कृष्ण प्रसाद भुसाल

 

काठमाण्डौं   नेपाल पंक्षि संरक्षण संघबाट संरक्षणविद्हरुको एक टोलीले गिद्धको वार्षिक राजमार्ग ट्रान्स्जेक्ट सर्भे गरिरहेको छ । यस टोलीले तराईको पूर्वपश्चिम राजमार्ग अन्तर्गत झापाको काँकडभिट्टाबाट शुरु गरेर कन्चनपुर जिल्लाको गड्डाचौकी सम्म १०२८ किमि लामो राजमार्ग सर्भे गर्नेछ । राष्ट्रिय निकुाज तथा वन्यजन्तु संरक्षण विभागनेपाल नेपाल पंक्षि संरक्षण संघ र आरएसपिवि यूएन सहयोगमा यो सर्भे गरिएको हो । सन् २००२ मा करिव २०५ वटा गिद्धहरु भेटिए पनि सन् २०११ मा घटेर ६८ वटाको संख्यामा झरेको संरक्षणविद्हरुको भनाई रहेको थियो । संरक्षणविदले पश्चिम नेपालमा २००९ देखि डंगर गिद्धको जनसंख्या घटवढ नभएको ठोकुवा गरिरहेका छन । भर्खरै निस्किएको प्रकाशनमा गिद्धको जनसंख्या ह्रास दर १४५ ले पहिलाको साल भन्दा कम नेपालमा भएको देखाएको छ ।


यो सर्भे हरेक वर्ष अंग्रेजी महिना मे बाट प्रारम्भ गरिन्छ । यस कार्यको लागि प्रयोग गरिने गाडी २० किमि प्रति घण्टाको गतिमा चलाईन्छ । यस सर्भेले राजमार्गको दुवैतिर १००० मिटरको दुरी सम्म देखिएका गिद्धहरुको पहिचान गरी रेकर्ड राख्दछ । यस सर्भेले पूर्वपश्चिम राजमार्गका अलावा पहाडी मार्गमा अवस्थित जिल्लाहरु पाल्पा अर्घाखाँची गुल्मी प्यूठान रोल्पा सल्यान डडेलधूरा डोटी बैतडी अछाम बाजुरा पनि सर्वेक्षण गर्ने योजना यस टोलीको रहेकोछ ।

 
राष्ट्रिय निकुाज तथा वन्यजन्तु संरक्षण विभागले सन् २००९ मा गिद्ध संरक्षण कार्य योजना लागु गरे लगतै नेपाल पंक्षि संरक्षण संघले  समुदायमा आधारित भएर पश्चिम नेपालमा त्यस कार्य योजनालाई लागु गर्न मद्धत गरेको जानकारी नेपाल पंक्षि संरक्षण संघका प्रमूख कार्यकारी अधिकृत डा। हुम गुरुङ्ग  भन्नुहुन्छ । स्थानिय समुदायद्धारा शुरुवात गरिएको गिद्ध सुरक्षित क्षेत्रले -Vulture safe zone अहिले नेपालका  १८ वटा जिल्लाहरु समेटी ३२६५७ वर्ग किमि ओगटेको छ । यो गिद्ध सुरक्षित क्षेत्र  चितवन देखि काचनपुर र केही पहाडी जिल्लाहरु सम्म फैलिएको छ । आज यस्ता क्षेत्रहरु विश्वका संरक्षणविद्हरुका लागि चाँसोका र अनुसन्धानका विषय बनेका छन । गिद्ध सुरक्षित क्षेत्रहरु विस्स्तार गर्न स्थानिय सरकारी निकायहरु र  नेपाल पंक्षि संरक्षण संघले सहयोग गर्दछ ।

 

दक्षिण एशियामा सन् १९९० देखि गिद्धको जनसंख्या नाटकिय ढङ्गबाट घटिरहेको थियो । भारतमा १५ वर्षको अन्तरालमा डंगर गिद्धको संख्या ९९.९५ ले घटेको देखिएको छ । यस्तै नेपालमा गरिएको अनुसन्धानले पनि  डंगर गिद्धको जनसंख्या ९१५ ले घटेको पाइएको छ । आठ प्रजातिहरु मध्य आधा जति गिद्ध नेपालबाट मात्रै नभएर विश्वबाट नै लोप हुने खतरा आईपरेको छ । गिद्ध घट्नुमा ब्यापक भेटेरीनरी प्रयोगमा रहेको डाईक्लोफेनेक नै प्रमुख कारक तत्व बनेको छ भने गिद्धलाई हानी नगर्ने डाईक्लोफेनेकको सट्टा प्रमाणित रुपले सुरक्षित मानिएको मेलो_िक्सक्याम उत्पादन भैसकेको छ । अनुसन्धानवाट केही आशाका किरण देखिन थालेपनि वैज्ञानिकहरुले नेपालका तीन प्रजातिका गिद्धहरु अझै अति नै संकटापन्न अवस्थामा नै रहेको  बताएका छन् । पशुउपचारमा प्रयोग गरिने डाईक्लोफेनेक नेपाल भारत र पाकिस्तानमा सन् २००६ मा प्रतिवन्धित भए पनि  दक्षिण एशियामा यसको कारण अझै पनि गिद्ध ह्रास भएका छन ।