अर्घाखाँची: शीतगंगामा विभिन्न मुद्दामा फरार ३ जना पक्राउ

अर्घाखाँची । जिल्ला प्रहरी कार्यालय अर्घाखाँची मातहत इलाका प्रहरी कार्यालय ठाडाको प्रहरी टोलीले विभिन्न अपराधमा संलग्न भई लामो समयदेखि फरार रहेका ३ जना प्रतिवादीलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा शीतगंगा नगरपालिका–१३ का श्यामबहादुर भाट र शिवकला रास्कोटी रहेका छन्। उनीहरू बहुविवाहसम्बन्धी मुद्दामा फरार रहेको प्रहरीले जनाएको छ।

त्यस्तै, शीतगंगा नगरपालिका–४ का डालप्रसाद पौडेललाई बाल यौन हिंसासम्बन्धी मुद्दामा फरार रहेको अवस्थामा पक्राउ गरिएको हो।

पक्राउ परेका तीनै जनालाई आवश्यक कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा पेस गरिएको इलाका प्रहरी कार्यालय ठाडाले जनाएको छ।