
लस एन्जल्स (एजेन्सी) – हलिउड अभिनेत्री एन्जेलिना जोलीले १० लाख पाउन्ड पर्ने हेलिकप्टर हुनेवाला श्रीमान ब्राड पिटलाई उपहार स्वरूप दिएकी छिन्।
स्रोतका अनुसार उनले हेलिकप्टर सहित उडान प्रशिक्षणको व्यवस्था पनि गरिदिएकी छिन्।
ब्राडले प्राइभेट पाइलट लाइसेन्स पाए पनि अझै केही परीक्षणकालिन उडान गर्न बाँकी नै छ।
यो जोडीले फ्रान्सस्थित घरमा हेलिप्याडसमेत निर्माण गरेका छन्।
आश्चर्यजनक उपहारको रूपमा उनले ब्राडलाई हेलिकप्टर दिएपछि उनीहरू क्यान्स फिल्म फेस्टिभलमा यही हेलिकप्टरबाट पुग्ने स्रोतको दावी छ।