
काठमाडौँ । आज प्रतिनिधि सभाका तीन समितिको बैठक बस्दैछ । आज अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, कानुन, न्याय तथा मानव अधिकार समिति र पूर्वाधार विकास समितिको बैठक बस्दैछ ।
बिहान साढे १० बजेदेखि शुरु हुने अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा ‘पर्यटन विधेयक, २०८१’ सम्बन्धमा विषय विज्ञहरूसँग छलफलको कार्यसूची रहेको समितिले जानकारी दिएको छ ।

त्यसैगरी बिहान १० बजेदेखि शुरु हुने कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा विभिन्न कारागार तथा हिरासतमा रहेका थुनुवा एवं कैदीबन्दीहरुको मानव अधिकारको अवस्था सम्बन्धी अध्ययन उपसमितिको प्रतिवेदन पेस र छलफलको कार्यसूचि रहेको छ । त्यस्तै समितिको उपसमिति गठनको समेत कार्यसूची रहेको छ ।
त्यसैगरी बिहान १० बजेदेखि शुरु हुने पूर्वाधार विकास समितिको बैठकमा विद्युतको वितरण लाइन तथा विद्युतका पोलहरु व्यवस्थापन नभएका कारण सडक निर्माणमा भएको ढिलाइको विषयमा उर्जामन्त्री र सचिवसँग छलफलको कार्यसूची रहेको छ ।





