एक अर्ब भ्युज पाउने पहिलो फिल्म ट्रेलर बन्यो रामायण’

मुम्बई, २१ साउन । रणवीर कपुर अभिनित चलचित्र ‘रामायण’ को ट्रेलरले इतिहास रचेको छ।

यो देशकै पहिलो चलचित्र ट्रेलर हो, जसले १ अर्ब अर्थात १०० करोडको डिजिटल भ्युज प्राप्त गरेको छ। यसमध्ये, करिब ६० करोड भ्युज त इन्स्टाग्राममा रहेको हिन्दी संस्करणबाट मात्रै प्राप्त भएको हो।

‘रामायणः भाग १’ को ट्रेलर ३० जुलाईको बिहान ४ः १५ बजे सार्वजनिक गरियो। यसले सुरुवाती ६ घण्टाभित्रै ५० लाख (५ मिलियन) भ्युज बटुल्यो। ट्रेलरले १ करोड (१० मिलियन) भ्युजको आँकडा पार गर्न जम्मा नौ घण्टा लगायो। २४ घण्टाभित्रै यस ट्रेलरले युट्युबमा ४ करोड ५० लाख (४५ मिलियन) भ्युज पायो, जसमध्ये ३ करोड ६४ लाख अर्थात ३६.४ मिलियन भ्युज हिन्दी संस्करणबाट आएका थिए भने बाँकी कन्नड लगायत अन्य भाषाहरूबाट प्राप्त भएका थिए।

कन्नड सुपरस्टार यशले यस चलचित्रमा अभिनय गरिरहेकाले सुरुदेखि नै कन्नड संस्करणको उच्च माग देखिएको छ। पहिलो दिनमै ‘रामायण’ को ट्रेलरले ३ करोड ६४ लाख (३६.४ मिलियन) भ्युज बटुल्यो। यो कुनै असाधारण संख्या भने होइन किनकि अन्य २० वटा भारतीय चलचित्रहरूले पहिलो २४ घण्टाभित्रै यसभन्दा बढी भ्युज पाइसकेका छन्।

यद्यपि, दोस्रो दिनमा भने चलचित्रले निकै ठूलो गति लियो। ‘वर्ल्ड अफ रामायण’, ‘सोनी पिक्चर्स’, ‘टी सिरिज’ र ‘धर्मा प्रोडक्सन्स’ जस्ता च्यानलहरूबाट यो ट्रेलर साझा गरिएकाले यसको दर्शक संख्यामा भारी वृद्धि देखियो। यसले इन्स्टाग्राम र फेसबुकमा पनि उल्लेख्य भ्युज प्राप्त गर्‍यो। फलस्वरूप, चलचित्रले ४८ घण्टाभित्रै ३५ करोड (३५) मिलियन भ्युज बटुल्यो।

‘रामायण’ को ट्रेलरले चार दिनभित्रै ८० करोड (८० मिलियन) भ्युज बटुल्यो। यो चलचित्रले छिट्टै १ अर्ब (१ बिलियन) भ्युजको आँकडा पार गरेकाे छ । र, अचम्म लाग्दाे तरिकाले वास्तवमै ‘रामायण’ ले त्यो लक्ष्य हासिल गर्‍यो। उल्लेखनीय कुरा के छ भने ‘रामायण’ ले यो प्रभावशाली उपलब्धि हासिल गर्न जम्मा ६ दिन मात्र लगायो। यस सफलतामा इन्स्टाग्रामले महत्त्वपूर्ण भूमिका खेल्यो, केवल ‘वर्ल्ड अफ रामायण’ पेजमा मात्रै यस चलचित्रले ७६ करोडभन्दा बढी भ्युज प्राप्त गरिसकेको छ।

यस कुल संख्यामध्ये ६० करोड भ्युज हिन्दी ट्रेलरबाट प्राप्त भएका हुन् भने बाँकी अन्य भाषाहरूबाट आएका हुन्। यसअघि भारतमा कुनै पनि चलचित्रको ट्रेलर ‘१ अर्ब डिजिटल भ्युज’ को आँकडाको नजिकसमेत पुगेको थिएन तर ‘रामायण भाग १’ ले मात्र ६ दिनमा यो उपलब्धि हासिल गरेर रेकर्ड कायम गरेको छ।

संयोगवश, निर्माताहरूले अस्ति अंग्रेजी ट्रेलर पनि सार्वजनिक गरेका छन्, यसका कारण उक्त संख्यामा अझ उल्लेख्य वृद्धि हुने अपेक्षा गरिएको छ।

 

images