ब्राह्मण क्षेत्री लगायतका समुदायले जातीय राज्य मान्य नहुने भन्दै खबरदारी सभा

ब्राह्मण क्षेत्री, दशनामी, ठकुरी, दलित, पीछडाबर्गलगायतका समुदायले जातीय राज्य मान्य नहुने भन्दै आज राजधानीमा खबरदारी सभा गरे ।

 

जातीय सद्भाव कायम गरी खस आर्य समुदायलाई आदीवासीमा सूचिकृत गराउने सहमति कार्यान्यनमा लागि संयुक्त मोर्चाले खबरदारी सभाको आयोजना गरेको हो ।

 

उनीहरुले जातीय राज्य बनाईए देश विखण्डन हुने र जातीय झगडा बढ्ने भन्दै प्रमुख राजनीतिक दलहरुलाई सचेत गराएका छन् ।

 

 राज्य पुनर्संरचना जाति, भाषा र धर्मका आधारमा नभई भौगोलिक निकटता, प्रशासनिक अनुकुलता, श्रोत र साधनको उपलब्धता र आर्थिक सम्भाव्यताको आधारमा गरिनुपर्ने संघर्ष समितिको माग छ । RSS