आज देशभर बदली, कोशी र बागमतीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ भने मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेको छ।

हाल कोशी, मधेश र बागमती प्रदेशसहित हिमाली तथा पहाडी भू–भागमा सामान्यतया बदली रहेको छ। बागमतीका थोरै स्थान तथा कोशी, मधेश र लुम्बिनीका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ। कोशी र बागमती प्रदेशका पहाडी भू–भागका धेरै स्थान तथा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी भू–भागका केही स्थानमा मध्यम वर्षा हुने सम्भावना छ। कोशी र बागमतीका हिमाली तथा पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने विभागले जनाएको छ।

आज राति पनि देशभर सामान्यतया बदली रहनेछ। हिमाली तथा पहाडी भू–भागका केही स्थानमा मध्यम वर्षा/हिमपातको सम्भावना छ। कर्णाली प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने पूर्वानुमान छ।