
लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुरले राजनीति सहज बाटोबाट अघि बढ्ने विषय नभएको बताउनुभएको छ ।
शनिवार आयोजित अग्रगामी मोर्चा घोषणा कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो ।
सत्ता र नेतृत्वमा पुग्नका लागी राजनीतिमा अनेक गतिविधि हुने गरेको उहाँले बताउनु भयो । राजनीतिलाई ‘डर्टी गेम’को संज्ञा दिँदै उहाँले सत्ता प्राप्तिका लागि अष्टावक्रझैँ ‘टेढा–मेढा बाटो’ पार गर्नुपर्ने बताउनु भयो ।


उहाँले भन्नुभयो, ‘राजनीतिमा जो कोही पनि सधैँ सहज र सरल बाटोबाट अगाडि बढ्न सक्दैन । राजनीति आफैँमा एउटा ‘डर्टी गेम’ हो । यसमा अष्टावक्रझैँ टेढा–मेढा बाटाहरू पार गर्दै अनेकौँ चुनौती र कठिनाइको सामना गर्दै सत्ता र नेतृत्वसम्म पुग्नुपर्ने अवस्था आउँछ ।’

उहाँले राजनीतिमा टिकिरहन र अगाडि बढ्न सहज बाटो मात्रै पर्याप्त नहुने धाराणा राख्नुभयो ।




