सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडकको १४० किमी खण्डको ठेक्का यसै वर्ष : मन्त्री लम्साल

  • रुद्रमणि भुसाल / अर्घाखाँची।

नेपाल सरकारका भौतिक पूर्वाधार मन्त्री सुनिल लम्सालले सालझण्डी सन्धिखर्क ढोरपाटन सडक आयोजना अन्तर्गत कालोपत्रे गर्न बाँकी रहेको करिब १ सय ४० किलोमिटर सडक खण्डको यसै वर्ष ठेक्का प्रक्रिया अघि बढाइने बताउनुभएको छ।

सडक अनुगमनका क्रममा अर्घाखाँची आइपुग्नुभएका मन्त्री लम्सालले आयोजना लामो समयसम्म अलपत्र नपरोस् भन्ने उद्देश्यले बाँकी सडक खण्डमा छिट्टै ठेक्का लगाएर निर्माण कार्यलाई गति दिने बताउनुभएको हो।

May be an image of one or more people, beard and car

मन्त्री लम्सालले कम मूल्यमा ठेक्का लिएर काम अलपत्र पार्ने निर्माण व्यवसायीमाथि कडाइका साथ कारबाही गरिने चेतावनीसमेत दिनुभयो। विकास निर्माणका आयोजना समयमा सम्पन्न नगर्ने तथा ठेक्का लिएर काममा ढिलाइ गर्ने निर्माण व्यवसायीलाई कानुनअनुसार कारबाही गरिने उहाँको भनाइ छ।

May be an image of one or more people, beard and car

सन्धिखर्क–ढोरपाटन सडक अर्घाखाँचीसहित पश्चिम नेपालका विभिन्न जिल्लालाई जोड्ने महत्वपूर्ण सडक आयोजना भएकाले यसको निर्माणलाई सरकारले प्राथमिकतामा राखेको मन्त्री लम्सालले बताउनुभयो।

May be an image of one or more people, beard and car

बाँकी सडक खण्डमा ठेक्का प्रक्रिया अघि बढेसँगै सडक निर्माणले गति लिने र यसबाट स्थानीयवासी तथा यस क्षेत्रका नागरिकको आवागमन सहज हुने अपेक्षा गरिएको छ।

 

images