
पाल्पा । १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पाल्पाको रम्भा गाउँपालिका-१ हुँगी बस्ने २० वर्षीय सुलभ दमाई दर्जीलाई प्रहरीले पक्राउ गरेको छ ।
सुलभले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय पाल्पा समेतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।


यसैगरी पाल्पा, १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा रम्भा गाउँपालिका-१ हुँगीस्थित मोटरसाइकल वर्कशप संचालन गरी बस्ने भारत बिहार प्रदेश पूर्वी चम्पारण थाना दरपा गम्हरिया पोष्ट गम्हरिया ग्राम गम्हरिया कला घर भएका २० वर्षीय मंदीप कुमार महतोलाई प्रहरीले पक्राउ गरेको छ । महतोले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय पाल्पा समेतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।





