रेड पाण्डाको छालासहित एक जना पक्राउ

भक्तपुर, २५ साउन । रेड पाण्डाको छालासहित भक्तपुरवाट एक जना पक्राउ परेका छन् ।

भक्तपुर नगरपालिका-१ दुधपाटीस्थित रेसुङ्गा थकाली एण्ड किचेन होटलबाट अवैध हाब्रे (रेड पाण्डा) को छाला सहित दैलेख ठाटीगाउँ गाउँपालिका-४ बस्ने २९ वर्षीय भुपेन्द्र बहादुर कठायतलाई प्रहरीले पक्राउ गरेको हाे ।

उक्त होटलमा रेड पाण्डाको छाला लुकाई राखेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले होटल तलासी गर्दा भुपेन्द्रलाई उक्त छाला सहित फेला पारी पक्राउ गरेको हो ।

उनलाई आवश्यक अनुसन्धान एवम् कारबाहीको लागि डिभिजन वन कार्यालय भक्तपुरमा बुझाइएको छ ।

प्रतिकात्मक तस्विरः एआइ