कपिलवस्तुको विजयनगरमा स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा, सेवा प्रवाहमा सुधार भएको निष्कर्ष (तस्बिर सहित)

-धर्मेन्द्र कुमार कुर्मी

कपिलवस्तुको विजयनगर गाउँपालिकामा आर्थिक वर्ष २०८२/८३ मा स्वास्थ्य शाखामार्फत सञ्चालन गरिएका कार्यक्रमहरूको वार्षिक समीक्षा कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाभित्र रहेका स्वास्थ्य चौकी, स्वास्थ्य सेवा केन्द्र, बर्थिङ सेन्टर तथा आधारभूत अस्पतालबाट प्रदान हुँदै आएका स्वास्थ्य सेवाको समग्र अवस्थाबारे समीक्षा गरिएको स्वास्थ्य शाखा प्रमुख यज्ञ प्रसाद अधिकारीले जानकारी दिए ।

समीक्षा कार्यक्रममा गाउँपालिकाभित्र स्वास्थ्य क्षेत्रमा कार्यरत विभिन्न संघसंस्थाका प्रतिनिधिहरूले समेत आफ्नो संस्थामार्फत सञ्चालित कार्यक्रम, उपलब्धी तथा आगामी योजनाबारे प्रस्तुति दिएका थिए । स्वास्थ्य शाखाले प्रस्तुत गरेको तथ्यांकका आधारमा गाउँपालिकाको स्वास्थ्य क्षेत्रमा उल्लेख्य सुधार तथा प्रगति भएको देखिएको जनाइएको छ । थप सुधार गर्नुपर्ने विषयमा याेजना समेत निर्माण गरि अगाडी बढ्ने जनाइएको छ ।

May be an image of ‎one or more people, hospital and ‎text that says "‎ओपथी विनरण कक्ष MACY) विजयनगर गाडपाननका आघारमूतस्वास्यसेवासपताल आधारभूत स्वासथ्यसेवा अस्पताल सुरुहंस्या कप्नवस्न ल्ांम्वना प्रदेज, नंपान KIDS विजयानगर विजयनगरगाउपालिका गाउंपालिका गाउंकार्यपालिकाको गाउकार्यपा कार्यालया पिपरी, कपिलवस्त आर्थिक वर्ष २०८२ τβ मा सवाकथ्य शाखा तर्फका गशिएका कार्यक्रमहरको वार्षिक समिक्षा कार्यत्रम मिति /2 स्थात आधारमन क्वास्थ्य सेवा अस्थनाल मिंजरसजर बजरजा لفت जापालिक गा.ज TIegEn‎"‎‎

कार्यक्रममा स्वास्थ्य संस्थाहरूबाट प्रदान गरिएका सेवा, कार्यक्रमको उपलब्धी, सेवा प्रवाहमा देखिएका समस्या तथा आगामी दिनमा स्वास्थ्य सेवाको गुणस्तर थप सुधार गर्न अपनाउनुपर्ने रणनीतिबारे बृहत छलफल गरिएको छ । साथै स्वास्थ्य क्षेत्रमा स्थानीय तह, स्वास्थ्य संस्था तथा साझेदार संघसंस्थाबीचको सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा समेत जोड दिइएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले स्वास्थ्य सेवा नागरिकको आधारभूत अधिकार भएकाले गाउँपालिकाले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताए । उनले उपलब्ध स्राेत र जनशक्तिबाट सक्दाे बढी उपयोग गरी भएका कमीकमजोरीलाई सुधार गर्दै  स्वास्थ्य संस्थाबाट नागरिकले सहज, गुणस्तरीय र प्रभावकारी सेवा पाउने वातावरण निर्माण गर्न आवश्यक रहेको उल्लेख गर्दै समीक्षा कार्यक्रमले आगामी योजना निर्माणमा महत्वपूर्ण आधार प्रदान गर्ने बताए ।

May be an image of one or more people, people studying and table

अध्यक्ष थापाले स्वास्थ्य क्षेत्रमा भएका उपलब्धिको संरक्षण गर्दै अझै सुधार गर्नुपर्ने पक्ष पहिचान गरी आगामी वर्षका कार्यक्रमलाई परिणाममुखी बनाउनुपर्नेमा जोड दिए । उनले स्वास्थ्यकर्मी, स्वास्थ्य संस्था तथा साझेदार संघसंस्थाबीचको सहकार्यले गाउँपालिकाको स्वास्थ्य सेवा थप प्रभावकारी बन्ने विश्वास व्यक्त गरे ।

यस्तै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हिमलाल विश्वकर्माले उपलब्ध तथ्यांक र प्रगतिको समीक्षा गर्दै आगामी कार्यक्रम तथ्यांकमा आधारित र आवश्यकतामुखी बनाउनुपर्ने बताए । उनले स्वास्थ्य सेवाको गुणस्तर सुधारसँगै सेवाग्राहीमैत्री वातावरण निर्माणमा ध्यान दिनुपर्नेमा जोड दिए ।

May be an image of one or more people, people studying and text

images

यसैगरी वडा नम्बर ६ का अध्यक्ष प्रेम बहादुर कलवारले गाउँघरका नागरिकले सहज रूपमा स्वास्थ्य सेवा प्राप्त गर्न स्थानीय तहबाट निरन्तर प्रयास आवश्यक रहेको बताए । उनले स्वास्थ्य संस्थाको भौतिक अवस्था, जनशक्ति तथा सेवा प्रवाहलाई थप व्यवस्थित बनाउन सबै पक्षबीच समन्वय आवश्यक रहेको उल्लेख गरे ।

May be an image of one or more people, people studying, hospital and text

images

वार्षिक समीक्षा कार्यक्रममा स्वास्थ्य शाखाका कर्मचारी, विभिन्न स्वास्थ्य संस्थाका प्रमुख तथा प्रतिनिधि, स्वास्थ्यकर्मी र स्वास्थ्य क्षेत्रमा कार्यरत विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

समीक्षा कार्यक्रमले आर्थिक वर्ष २०८२/८३ का स्वास्थ्य कार्यक्रमको उपलब्धी, चुनौती र आगामी कार्यदिशा पहिचान गर्न महत्वपूर्ण आधार तयार गरेको जनाइएको छ ।

images