
काठमाडौँ । पोर्चुगलका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले बुबाको निधनका कारण कठिन समयबाट गुज्रिरहेका अर्जेन्टिनाका स्टार लियोनल मेसीलाई भावुक सन्देश पठाएका छन् ।
रोनाल्डोले मेसीलाई सम्बोधन गर्दै भनेका छन्- ‘यस कठिन क्षणमा तिमी र तिम्रा प्रियजनहरूलाई न्यानो माया । लियो, बलियो रहनू ।’ रोनाल्डोको यो सन्देश मेसीप्रति उनको आत्मीयता र समर्थनका रूपमा आएको हो ।


मेसीका पिता जर्ज मेसीको यहि साउन २३ गते ६८ बर्षको उमेरमा निधन भएको थियो ।





