शितगंगा–१० हर्रेमा शहरी स्वास्थ्य केन्द्रको नयाँ भवन उद्घाटन, स्वास्थ्य सेवा विस्तारमा मन्त्री घिमिरेको प्रतिबद्धता (तस्बिर सहित)

शितगंगा–१० हर्रेमा शहरी स्वास्थ्य केन्द्रको नयाँ भवन उद्घाटन, स्वास्थ्य सेवा विस्तारमा मन्त्री घिमिरेको प्रतिबद्धता , स्थानीयस्तरमै गुणस्तरीय स्वास्थ्य सेवा पुर्‍याउने प्रदेश सरकारको प्राथमिकता : मन्त्री घिमिरे

-अर्घाखाँची डटकम।

अर्घाखाँची । शितगंगा नगरपालिका–१० हर्रेमा नवनिर्मित हर्रे शहरी स्वास्थ्य केन्द्रको नयाँ भवन बुधबार एक कार्यक्रमबीच उद्घाटन गरिएको छ। लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री रामजी प्रसाद घिमिरेले भवनको विधिवत् उद्घाटन गर्नुभएको हो।

May be an image of one or more people and text

नवनिर्मित भवन उद्घाटन कार्यक्रममा शितगंगा नगरपालिकाकी उपप्रमुख गीता भाट क्षेत्री, प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटा, शितगंगा–१० का वडा अध्यक्ष केशवप्रसाद पोखरेललगायत विभिन्न वडाका वडा अध्यक्ष, जनप्रतिनिधि, स्थानीय सरोकारवाला तथा स्थानीय बासिन्दाको उपस्थिति रहेको थियो।

May be an image of one or more people

उद्घाटन समारोहलाई सम्बोधन गर्दै स्वास्थ्य मन्त्री घिमिरेले ग्रामीण तथा दुर्गम क्षेत्रका नागरिकलाई आफ्नै गाउँ–ठाउँमा सहज, गुणस्तरीय र प्रभावकारी स्वास्थ्य सेवा उपलब्ध गराउनु सरकारको प्राथमिकता रहेको बताउनुभयो। नयाँ भवनबाट स्वास्थ्य सेवा थप व्यवस्थित र प्रभावकारी हुने विश्वास व्यक्त गर्दै उहाँले स्थानीय नागरिकलाई स्वास्थ्य सेवाका लागि टाढा जानुपर्ने अवस्था कम गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो।

May be an image of one or more people, violin and clarinet

कार्यक्रममा शितगंगा नगरपालिकाकी उपप्रमुख गीता भाट क्षेत्रीले स्वास्थ्य सेवा नागरिकको प्रत्यक्ष सरोकारसँग जोडिएको विषय भएकाले नगरपालिकाले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्दै आएको बताउनुभयो। नयाँ भवनसँगै हर्रे तथा आसपासका नागरिकले थप सहज रूपमा आधारभूत स्वास्थ्य सेवा प्राप्त गर्ने अपेक्षा व्यक्त गर्दै उहाँले केन्द्रको प्रभावकारी सञ्चालनमा नगरपालिकाको आवश्यक सहयोग रहने बताउनुभयो।

प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाले नयाँ भौतिक संरचनाले स्वास्थ्य सेवा प्रवाहलाई थप व्यवस्थित बनाउन सहयोग पुग्ने बताउनुभयो। स्वास्थ्य केन्द्रबाट नागरिकले पाउने सेवाको गुणस्तर बढाउँदै सेवा प्रवाहलाई नागरिकमैत्री बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो।

images

May be an image of ‎one or more people, people studying, dais and ‎text that says "‎टोर لبم हर शहरी स्वास्शरा केन्दर भवन उदघाटन समारोह रवान เอ ตโ ર૦૮ દी महो शि.ब.धया. 90 हરેં अर्मसीवी‎"‎‎

त्यस्तै, वडा नं. १० का वडा अध्यक्ष केशवप्रसाद पोखरेलले आफ्नै वडामा व्यवस्थित स्वास्थ्य केन्द्रको नयाँ भवन निर्माण भएर सञ्चालनमा आउनु स्थानीयका लागि महत्वपूर्ण उपलब्धि भएको बताउनुभयो। स्वास्थ्य केन्द्र निर्माण तथा सञ्चालनका लागि सहयोग गर्ने सम्बन्धित सबैप्रति धन्यवाद व्यक्त गर्दै उहाँले आगामी दिनमा स्वास्थ्य सेवाको पहुँच र गुणस्तर थप विस्तार गर्नुपर्ने धारणा राख्नुभयो।

images

May be an image of one or more people and text that says "eL Θ हर शहरी रेशहरी स्वास्श कठਨ भवन उदघाटन समारोह र्वान Ma 3ж .리 मदी 10 शि.य.पा. 0税 अपशीवी"

नयाँ भवन सञ्चालनमा आएसँगै हर्रे तथा आसपासका क्षेत्रका नागरिकलाई आधारभूत स्वास्थ्य सेवा लिन थप सहज हुने अपेक्षा गरिएको छ। स्वास्थ्य केन्द्रबाट प्राथमिक उपचार, मातृ तथा शिशु स्वास्थ्य, खोपलगायतका आधारभूत स्वास्थ्य सेवाहरू थप व्यवस्थित रूपमा उपलब्ध गराउन सकिने जनाइएको छ।

images

May be an image of one or more people, people studying, dais and text that says "स्टोर ਬरਾ सशही शहरी स्वास्थ कनए भवन उदघान समारो स्थान: निति: 20c3 मदो 3 3a a शि.ल.प.-१0 हरे अर्ध्ासीवी 央魚立"

स्थानीयस्तरमा स्वास्थ्य संस्थाको भौतिक पूर्वाधार विस्तारसँगै स्वास्थ्य सेवाको पहुँच बढ्ने र नागरिकले सामान्य स्वास्थ्य समस्याका लागि टाढाका स्वास्थ्य संस्थामा जानुपर्ने बाध्यता कम हुने विश्वास गरिएको छ।

कार्यक्रममा स्थानीय जनप्रतिनिधि, कर्मचारी, राजनीतिक दलका प्रतिनिधि, स्वास्थ्यकर्मी तथा स्थानीय नागरिकको सहभागिता रहेको थियो।

तस्बिर :  अर्घाखाँची डटकम

Nepal life insurance

#शितगंगा #हर्रे #स्वास्थ्यकेन्द्र #अर्घाखाँची #स्वास्थ्यसेवा #अर्घाखाँचीडटकम

May be an image of dais and text

May be an image of one or more people, people studying, clarinet and violin

May be an image of one or more people and text

May be an image of one or more people, violin and clarinet