चेक बाउन्समा जनता टेलिभिजन अध्यक्ष पौडेल पक्राउ

काठमाडौं, ४ भदौं । जनता टेलिभिजनका अध्यक्ष विजयप्रसाद पौडेललाई पक्राउ परेका छन् ।

अध्यक्ष पौडेललाई चेक बाउन्सको मुद्दामा बिहीबार बानेश्वरस्थित टेलिभिजनको कार्यालयबाट उनी पक्राउ परेका हुन ।

उनीमाथि दुई जना पूर्वकर्मचारीले १ लाख ५० हजारको चेक बाउन्सको मुद्दा दायर गरेका थिए । जनता टेलिभिजनमा पूर्वपत्रकार, पूर्वकर्मचारीहरूले पारिश्रमिक नपाएको भन्दै निरन्तर आन्दोलन गर्दै आएका थिए।

तर, समयमा चेक नसाटिए पछि पौडेल पक्राउ परेका हुन् ।