जेसिबी मेसिन सडकबाट तल खस्दा चालकको मृत्यु

सुर्खेत । सुर्खेतको बराहताल गाउँपालिका–७, नयाँवनस्थित भित्री सडकखण्डमा सडक निर्माणको काम गर्दै गरेको जेसीबी मेसिन भिरमा खस्दा गम्भीर घाइते भएका चालकको मृत्यु भएको छ ।

भे.१ ग १२७ नम्बरको जेसीबी बाटो सफा गर्ने क्रममा सडकबाट करिब ३०० मिटर तल खसेपछि जेसीबी चालक बराहताल गाउँपालिका–५ बस्ने करिब ३३ वर्षीय रामप्रसाद लामिछाने गम्भीर घाइते भएका थिए ।

घाइते लामिछानेलाई कर्णाली प्रदेश अस्पताल, कालागाउँ, सुर्खेतमा उपचारका लागि पुर्‍याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।

(यस समाचारमा यसअघि तस्बीर अन्यथा हुन गएकोमा सच्चाइएको छ- सम्पादक)