अन्नपूर्ण स्कुल चेस असारमा

काठमाण्डौं जेठ २५ गते । अन्नपूर्ण उमावि ज्याठाको आयोजनामा असार १ गतेदेखि ३ गतेसम्म आठौं राष्ट्रव्यापी खुल्ला  अन्तरस्कुल चेस टुर्नामेन्ट हुने भएको छ ।

 

स्वीस लिग अनुसार यू-९ यू-११ यू-१३ र १३ बर्षमाथि गरी चार उमेर समुहमा छात्र र छात्राको अलग अगल आठ विधामा खेलाइने छ । प्रत्येक समुहबाट प्रथम द्धितीय र तृतीयसहित दसौं हुनेलाई मेडल र प्रमाण पत्र दिइनेछ भने सहभागी सम्पूर्ण स्कुललाई प्रमाणपत्र प्रदान गरिनेछ । त्यस्तै उत्कृष्ट अंक ल्याउने स्कुललाई विशेष ट्रफी दिइनेछ ।

 

विसं २०६१ सालदेखि शुरुवात गरिएको यस टुर्नामेन्टमा यसपालि ४५ स्कुलबाट करिब २०० जना खेलाडीहरु सहभागी हुने र अनुमानित रु.८५००० खर्च लाग्ने आयोजक अन्नपूर्ण उमाविका प्राचार्य श्री चन्द्रप्रकाश राजभण्डारीले बताउनु भयो ।