– सिंगापुरको इन्दोर स्डेडियममा भएको १३ औं आइफा अवार्डमा रणवीर कपुर र विद्या बालन यस वर्षको सर्वोकृष्ट हिरो-हिरोइन बन्न सफल भएका छन्। अवार्डमा फिल्म ‘रकस्टार’बाट रणवीर र ‘द डर्टी पिक्चर’का लागि विद्याले अवार्ड हात पारेका हुन्। रणवीरले अमिताभ बच्चन, सलमान खान, शाहरुख खान र ऋतिकरोशनस्ता स्टारलाई पछाडि पार्दै अवार्ड हात पार्न सफल भएका हुन्।
त्यस्तै विद्याले करिना कपुर, प्रियंका चोपडा, कंगना रनावतजस्ता हिरोइनलाई पछाडि पारेकी छन्।
‘रकस्टार’का लागि सर्वोकृष्ट संगीतमा एआर रहमान, सर्वोकृष्ट गायकमा मोहित चौहान र सर्वोकृष्ट गीतमा इरसाद कामिलले अवार्ड जितेका छन्।
बहु प्रतिभाशाली अभिनेता फराहन अख्तरद्वारा अभिनित फिल्म ‘जिन्दगी ना मिलेगा दोबारा’ले पनि सर्वाधिक अवार्ड जित्न सफल भएको छ। फराहन अख्तरलाई सपोर्टिङ रोलका लागि अवार्ड हात पारेका छन्।
सर्वोकृष्ट फिल्म र निर्देशकको अवार्ड जोया अख्तर तथा सर्वोत्कृष्ट कथाको लागि रीमा कट्गीले अवार्ड जितेका छन्।
बैभन्दा ‘हटेस्ट’ बलिउड जोडीका रुपमा ‘रकस्टार’ जोडी रणवीर कपुर नगरिस फकारीले अवार्ड हात परे।
त्यस्तै सपोर्टिङ रोल र डेब्यु फिमेलमा हिरोइन परिणिति चोपडाले ‘लेडिज भिएस बाह्ल’बाट अवार्ड जितिन्। पुरुष डेब्युमा भने ‘फोर्स’बाट विध्युत जोम्वालले जिते। त्यस्तै कमिक रोलमा डबल धमालबाट रितेश देस्मुखले अवार्ड जिते। सर्वोकृष्ट गायिकामा बडिगार्डबाट श्रेया घोषालले अवार्ड जितिन्।
निगेटिभ रोलमा भने ‘सिंघम’का लागि प्रकाश राजले जिते। त्यस्तै भारतीय सिनेमामा योगदान पुर्याएका रमेश सिपी र रेखालाईसमेत अवार्ड वितरण गरियो।
दिया मिर्जालाई भने आइफा ग्रीन अवार्ड २०१२ को अवार्ड वितरण गरियो।

प्रियंका चोपडा र रेखा

प्रियंका चोपडा

रेखा

विपासा

रणवीर कपुर

अवार्डका साथ रेखा

प्रियंका

विद्या बालन अवार्डका साथ

दिया मिर्जा अवार्डका साथ

प्रियंका

साहिद र प्रियंका
बलिउड हिरोइन प्रियंका चोपडा सिंगापुरमा भइरहेको आइफा अवार्डका क्रममा फिल्म ‘तेरीमेरी कहानी’को प्रवर्द्धनात्म कार्यक्रममा सहभागी हुँदै। तस्विरः एएफपी
– एजेन्सी, नागरिक