कुश्मामा नेपालकै अग्लो झोलुङ्गे पुल बन्ने

पर्वतको सदरमुकाम कुश्मामा नेपालकै अग्लो झोलुङ्गे पुल बन्ने भएको छ । कुश्मादेखि बाग्लुङको बलेवा जोड्न कालीगण्डकीमाथि पुल बनाउन लागिएको हो ।

 

१ सय ५६ मिटर उचाईको झोलुङगे पुलको लम्बाई ३ सय ४७ मिटर हुने बताइएको छ । सस्पेन्सन बृज डिभिजन काठमाडौंले निर्माणको जिम्मा लिएको पुल कुश्मा बजारको बड्गाउंदेखि बाग्लुङको नारायणथान जोडिने छ । पुल निर्माणका लागि झण्डै २ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

 

 पुल निर्माण भएपछि बाग्लुङका १ दर्जन बढी गाविस र गुल्मीका केही गाविसका वासिन्दालाई सुविधा पुग्ने छ । यसअघि पर्वत, सदरमुकाम कुश्माबाट पर्वतकै कटुवा चौपारी जोड्न मोदी खोलामाथि बनाइएको पुलको उचाई १ सय ३५ मिटर छ ।

 

– RSS