विदेशमा रहेका विद्यार्थीको समस्या समाधान गर्न नेपाल शैक्षिक परामर्श संघ (इक्यान) र गैरआवासीय नेपाली संघ (एनआरएनए)बीच समझदारी

अध्ययनका लागि विदेश विद्यार्थीलाई उचित परामर्श दिने तथा विदेशमा रहेका विद्यार्थीको समस्या समाधान गर्न नेपाल शैक्षिक परामर्श संघ (इक्यान) र गैरआवासीय नेपाली संघ (एनआरएनए)बीच समझदारीपत्र (एमओयू)मा हस्ताक्षर भएको छ । मंगवार राजधानीमा एक कार्यक्रमका बीच इक्यान र एनआरएनबीच एमओयुमा हस्ताक्षर भएको हो ।

उक्त कार्यक्रममा बोल्दै एनआरएनएका अध्यक्ष डा. हेमराज शर्माले विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीले कोठा, रोजगारी, मानसिक स्वास्थ्यदेखि मृत्यु भएपछि शव नेपाल ल्याउनेसम्मका गम्भीर समस्या भोगिरहेको बताउनु भयो ।

उहाँले विगतमा विदेशमा रहेका नेपाली श्रमिकहरूको समस्या प्रमुख रहेपनि अहिले अध्ययनका लागि जाने विद्यार्थीको समस्या बढ्दो रुपमा रहेको बताउनु भयो ।

विद्यार्थीलाई विदेश पुगेपछि बसोवासका लागि कोठा खोज्ने, रोजगारी खोज्ने तथा मानसिक स्वास्थ्यसम्बन्धी समस्या देखिने गरेको उनीहरुको समस्या समस्या समाधान गर्न इक्कयानसँग समझदारी भएको बताउनु भयो ।